आममाफी दिने लिस्टमा बालकृष्ण ढुंगेलको नाम, इन्सेकले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आममाफी दिन तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुङ्गेलको नाम सिफारिस गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेलमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलसहित ८ सय जनाको नाम सजाय माफीका लागि सिफारिस गरिएको सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको इन्सेकले भन्दै विज्ञप्ति निकालेको छ ।  

जारी विज्ञप्तिमा भएिको छ, ‘सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्य्विधि २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ । तर, भ्रष्टाचार, जबर्जस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिको दफा ३ मा स्पष्ट उल्लेख छ ।’


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?