काठमाडौंको तारकेश्वरमा बर्ड फ्लु (फोटो र भिडियो सहित)

काठमाडौं । हाँसकुखुराबाट सर्ने विषाणु बर्ड फ्लु काठमाडौंको तारकेश्वर नगरपालिकामा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले  पुष्टि गरे पछि त्यस क्षेत्रका किसान हीरा तामाङले पालेका हाँसकुखुरा मार्ने काम भइरहेको नगरप्रमुख अरूणकुमार गिरीले जनाएका छन् । बर्डफ्लुको विषाणुको संक्रमण तारकेश्वर नगरपालिकास्थित वडा ६ धर्मस्थली क्षेत्रमा पालिएको हाँसमा भएको पाइएको हो ।

दिइएको जानकारी अनुसार त्यसक्षेत्रका ५ हजार हाँस कुखुरा  नष्ट गर्ने तयारी गरिएको छ । हाँस कुखुरा नष्ट गरिएपछि हाँस कुखुरा पाल्ने किसानालाई सरकारबाट क्षतिपूर्ति दिइने गरिन्छ ।

यसका लागि हाँस कुखुरा नष्ट भएका किसानहरूलाई क्षतिपूर्तिस्वरूप ७५ प्रतिशत दिइने निर्णय नगरपालिका, स्वास्थ्य क्षेत्रका प्रतिनिधि र स्थानीयहरूको रोहबरमा गरिएको छ ।

बर्ड फ्लुको संक्रमणलाई फैलिन नदिन सबै सम्भव उपाय अपनाइएको नगर प्रमुख गिरीले बताए । उनले भने “ हामीले बर्ड फ्लुलाई फैलिन नदिने आवश्यक उपाय अपनाइसकेका छौं ।”

बर्ड फ्लूको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै बर्ड फ्लूविरुद्धको औषधिउपचार लगायत आवश्यक सामग्रीको वन्दोवस्तीसहि नारकेश्वर नगरपालिका तयारी अवस्थामा रहेको गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?