सुन तस्करी काण्डमा थप एक्सन : श्याम खत्रीलगायतलाई ट्रयापमा पार्न यस्तो तयारी !

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीलाई पक्राउ गर्न छानबिन समितिले सबै शक्ति लगाउने भएको छ । 
समितिले खत्रीसहित फरार ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन –इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । 
खत्रीसहित मोहनकुमार अग्रवाल, रमेश उप्रेती, चेतन भण्डारी, हरिशरण खड्का,  छिरिङ बाङ्गेल गुरुङ र सुनिल अग्रवाल फरार छन् । उनीहरु विरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।

केहि दिन अघि पक्राउ परेका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती  गोरेले पनि बयानका खत्रिलार्इ पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएका थिए । यद्यपी उनी धेरै बोल्न मानिरहेका छैनन् । 

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । खत्रीले नै सुनको सम्पूर्ण व्यवस्थापन गर्ने गरेको बताइन्छ ।  त्यतिबेला खत्री एयरपोर्ट भन्सारमा कार्यरत थिए । 

यसअघि एसएसपी मिरा चौधरी कमाण्डको तत्कालिन सीआईबीको टोलीले पक्राउ गरेको ३४ किलो सुनमा पनि खत्री दोषी पाइएका थिए । 
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट पछि अदालतले सफाई दिएको थियो ।

छानबिन समिति स्रोतका अनुसार उनीहरु भागेर नेपाल बाहिर पुगि सकेका छन् । 

सुन तस्करका भरिया उर्लाबारीका सनम शाक्यको हत्या भएपछि तस्करीको साढे ३३ केजी सुन गायब भएको रहस्य सार्वजनिक भएको थियो ।

सो प्रकरणपछि  बनेको छानबिन समितिको प्रतिवेदनका आधारमा ९ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
छानबिन समितिको म्याद जेठ समान्तसम्मको लागि रहेको छ  भने अदालतमा  मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?