च्याम्पियन्स लिगको फार्इनल अाज, लिभरपुल र मड्रिडबीच उपाधि भिडन्त

किभ : च्याम्पियन्स लिग-२०१८ को फार्इनल खेल अाज हुँदैछ । उपाधिका लागि युरोपका दुर्इ मूख्य फुटबल क्लब :लिभरपुल र रियल मड्रिड अाज राती साढे १२ बजे युक्रेनको किभस्थित अोलम्पिक स्टेडियममा भिड्दैछन् । 

रियल मड्रिडले १२ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने लिभरपुलले पनि ५ पटक उपाधिमाथि कब्जा जमार्इसकेको छ । रियल मड्रिडले यसअघि लगातार दुर्इ पटक यो लिगको उपाधि जित्दै तेस्रो पटक निरन्तर जित्ने क्लबको रेकर्ड बनाउन खोज्दैछ । लिभरपुल चाहिँ बीचमा कमजोर प्रदर्शनका कारण ११ बर्षपछि च्याम्पियन्स लिगको फार्इनलमा पुगेको हो । 

७० हजार भन्दा बढि दर्शन क्षमता रहेको युक्रेनको कीभस्थित अोलम्पिस्किभ स्टेडियममा हुने उपाधि भिडन्तमा मुख्यत : मड्रिडमा खेलिरहेका पोर्चुगलका क्रिश्चियानो रोनाल्डो र लिभरपुलका अल सालेह दर्शकको प्रतिक्षामा परेका छन् । युर्इएफएले यो फार्इनल खेलमा ६३ हजार वटा टिकट बेच्ने जनाएको छ । टिकटको मूल्य ९ हजार रूपैयाँदेखि ५७ हजार रूपैयाँ (नेपाली विनियम) सम्म तोकिएको छ ।

 

लिभरपूल र युर्इएफएले १६ हजार ६ सय २६ वटा टिकट बेच्न पाउने अधिकार दिर्इएको छ । यो टिकटमा यी दुर्इ क्लबले अाफ्ना समर्थकलार्इ प्याराफिटमा उतार्नेछन् । बाँकी टिकट युर्इएफएले बेच्नेछ । 

लिभगरपुलका प्रशिक्षक यर्गन क्लपले जिनेदिन जिदानप्रति व्यंग्य गर्दै रियलको बेञ्च बलियो रहेको, तर फार्इनल जित्न लिभरपुल तयार रहेको प्रतिक्रिया दिएका छन्  । तर, रियलका प्रशिक्षक जिदानले चाहिँ अाफुहरूले केहि दबाब महशुस गरेपनि नतिजा अाफ्नै पक्षमा पार्ने दाबी गरेका छन् । 

लिभरपुलले यो सिजनको च्याम्पियन्स लिगमा गोलको रेकर्ड नै बनाएको छ, जहाँ यो टीमले एउटै सिजनमा ४६ गोल गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?