पर्वतमा एकै व्यक्तिले ६ जनाको अभिभावकत्व लिए

फलेवास : यहाँको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छिन् । 

महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले ६ जना विपन्न बालबालिकालाई विद्यालय भर्ना गराएकी हुन् । लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्किएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माविलाई ३० हजार रूपैयाँसमेत सहयोग् गरेकी छिन् ।

उनले ६ बालबालिकालाई अहिले अध्ययनरत तहदेखि कक्षा १२ सम्म पढाउने गरी विद्यालयसँग सम्झौतामा गरेकी छिन्। बालशिक्षाका मीरा सुनार र एलिसा गुरुङ, कक्षा ४ का हरिकला क्षेत्री र भोलाकुमारी नेपाली तथा कक्षा ५ का धनबहादुर क्षत्री र कक्षा ८ का रामबहादुर क्षेत्री छनोट गरिएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर क्षत्रीले जानकारी दिए । ती बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?