जग्गा कब्जा गरेको अारोपमा कांग्रेसनिकट तरूणदलका सभापति पक्राउ

धरान (सुनसरी) : तरूण दल सुनसरीका सभापति सिजन गुरूङलार्इ प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दीको अाडमा तरहराकी तीर्थकुमारी गिरीको १० धुर जमिन कब्जा गरेको जनाउँदै प्रहरीले निजलार्इ पक्राउ गरेको जानकारी दिएको छ ।

गुरूङले गिरीको जग्गा कब्जा गरि घर बनार्इ वि.सं. २०६८ सालदेखि भाडामा लगाएर रकम असुल्दै अाएका थिए । प्रहरीले पक्राउ गरेपछि गुरूङले सो जग्गा अाफ्नै भएको दाबी गरेका छन् ।

गुरूङले धरानमा निकै विवादित छवी बनाएका छन् । उनी यसअघि बलात्कार काण्डमा समेत मुछिएका थिए, तर नेपाली कांग्रेसको सरकार रहेका बेला राजनीतिक दबाबका कारण पीडितसँग जबर्जस्ती मिलापत्र गरेको अारोप सुनसरी कांग्रेसमाथि लाग्ने गरेको छ । 

गुरूङले २०७१ सालमा सडक ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि समेत हातपात गरेका थिए । तर, धरान कांग्रेसले गुरूङलार्इ छाड्नुपर्ने भन्दै चक्काजाम नै गरेपछि उनलार्इ रिहा गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?