विश्वको सबैभन्दा लामो समुद्री पुल

चीनमा ५५ किमि लामो समुद्रमाथि प्ल हालिएको छ । 

हङ्कङ झुहाई–मकाउ पुलको सहयाक निर्देशक र वरिष्ठ इन्जिनियर गुओ जिङलिनले यो ऐतिहासिक उपलब्धि भएको बताए । 

सर्वसाधरणका लागि यो पुल गृष्मबाट खुल्नेछ । यस पुलले चीन मूलभूमिमा रहेको तुलनात्मक कम परिचित सानो सहर झिहाईलाई चीनको विशेष प्रशासित क्षेत्र मकाउ र हङ्कङसँग जोड्नेछ ।

कङ्क्रिट र स्टिलको यो विशाल विस्तार चीनको रेकर्ड तोड्ने ठूला संरचना बनाउने सामथ्र्यको अर्को प्रमाण हो । साथै यो चीनको बढ्दो भूराजनीतिक सबलताको बलियो प्रतीक हो ।

हङ्कङ–झुहाई–मकाउ पुल चीनको आफ्नै विशाल खाडी क्षेत्र (ग्रेटर बे एरिया) विकास गर्ने योजनाको मुख्य हिस्साअन्तर्गत पर्छ । यो खाडी क्षेत्र  विश्वको अन्य खाडी क्षेत्रहरू सान फ्रान्सिस्को, टोकियो र न्युयोर्कको प्राविधिक सिर्जनशीलता र आर्थिक सफलतालाई प्रतिस्पर्धा दिने सोचमा चीनले निर्माण गर्दै छ ।

चीनको दक्षिण केन्द्रमा रहेको यो क्षेत्रमा ६ करोड ८० लाख मानिसहरूको बसोबास रहेको छ भने यसले ५६,५५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

यो क्षेत्रमा हङ्कङ, मकाउ र चीनको गुआनदोङ प्रदेशको नौ सहरहरू पर्छन् । यस प्रस्तावित खाडी क्षेत्रमा चीनको १% भूभाग, ५% जनसङ्ख्या पर्छ भने समग्र चीनको १२% कुल ग्राहस्थ उत्पादन यहाँबाट आउँछ । देशहरूसँग तुलना गर्ने हो भने अहिल्यै नै यो विश्वको ११औं ठूलो अर्थतन्त्र हुनआउँछ ।

विशाल खाडी क्षेत्रको अवधारण पहिलो पटक सन् २००९ मा उठाइएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?