नेपाली जनसम्पर्क समिति साउदी अरबको पूर्वी क्षेत्रीय समिति गठन

काठमाडौं । काठमाडौं । नेपाली जनसम्पर्क समिति साउदी अरबको पूर्वी क्षेत्रीय समिति गठन भएको छ । 

१५ सदस्यी उक्त समितिमा माधव लामिछाने सभापतिमा चयन भएका छन् भने ध्रब दाहाल महामन्त्री भएका छन् । 

शुक्रबार दम्माम शहर स्थित सनराइज नेपाली कार्गोको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पूर्वी क्षेत्रिय समिति गठन कार्य सम्पन्न भएको हो । 

नेपाली जन सम्पर्क समिति साउदी अरबका सभापति दिपक रेग्मीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समितिका अन्य केन्द्रिय पदाधिकारीहरु, सल्लाहकारलगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा बोल्दै सभापति रेग्मीले प्रवासमा रहेर सबै नेपालीहरुलाई एक बनाई अगाडी बढ्ने र यो, त्यो पार्टी नभनि सबै मिलेर हरेक नेपालीहरुको हकहित र अधिकारको लागि काम गर्ने भन्दै नव गठित क्षेत्रीय कार्य समितिलाई बधाई तथा शुभकामना दिए ।

यसैगरि कार्यक्रममा समितिका प्रथम उपसभापति नवराज लामिछानेले नेपाली कांग्रेसले गरेको त्याग, जनसम्पर्क समितिको गठन र भावि योजनाका बारेमा समेत जानकारी दिए । साथै वरिष्ठ उपसभापति अर्जुन थापाले पनि साउदीमा रहेका नेपालीहरु मिलेर अगाडी बढ्दै जानुपर्नेमा जोड दिए । 

नेपालमा आपतविपत परेको बेला जन सम्पर्क समिति नेपाल साउदीसम्म पुगेको जानकारी पुगेको उपसभापति थापाले बताए । भुकम्प पिडित होस् वा तराई डुबानमा पर्दा होस् अथवा आगलागी हुदा होस् जहाँपनि समिति उद्धारका लागी पुगेको उनले बताए ।

जन सम्पर्क समितिका महामन्त्री सुरेस राज त्रीपाठीले सञ्चालन गरेका थिए । सो महाधिवेशनबाट चयन भएका नयाँ कार्यसमितिको पदाधिकारिहरुको नामवली निम्न प्रकारका छन् ।  

१) सभापति–माधव लामिछाने
२) उपसभापती – बालकृष्ण पंगेनी
३) उपसभापती – नबराज काफ्ले
४) महामन्त्री – ध्रुव दाहाल
५) सह(महामन्त्री – हरिहर कोइराला
६) कोषाधक्ष्य – रामप्रसाद पाण्डे
७) सह(कोषाधक्ष्य – पदम महता
८) सदस्य – बलराम खड्का
९) सदस्य – बुद्दी बहादुर विक
१०) सदस्य – पूर्ण कुँवर
११) सदस्य– दुर्गा अर्याल
१२) सदस्य – बलराम पोखरेल
१३) सदस्य – प्रेम न्यौपाने
१४) सदस्य – सुनिल सिङ्जाली मगर
१५) सदस्य – विष्णु लामिछाने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?