ठमेलमा सुरक्षा: विदेशीसँग खुलेआम मोलमोलाई चल्छ !

एक्काइसौँ शताब्दीको मानिस विश्वको एक कुनादेखि अर्को कुना पुग्ने सपना देख्छ । प्रशान्त महासागरको गहिराइदेखि आकाशको उचाई नाप्ने सपना देख्छ । तर यी सबै काम गर्नुपूर्व उसले आफू सुरक्षित छु कि छैन भन्ने निश्चित गर्छ भने आफ्नो देशभन्दा माईल टाढा अर्काको देशमा घुम्न आएका पर्यटकहरु यो बारेमा चिन्तित हुँदैनन् होला त ! 

………………
काठमाडौको ‘टुरिस्ट हब’ का रुपमा प्रख्यात ठमेलमा जानुभयो भने तपाईँ एकछिन सोच्न बाध्य हुनुहुन्छ कि कतै म न्यूयोक वा बेईजिङ त आइपुगिन रु यस्तो विदेशीको चाप, लहरै रेस्टुराँ र पब, हात समाउँदै अँगालो मार्दै हिँडिरहेका जोडीको भीड, मातेर खुट्टा लर्बराउँदै हिँडेका २,४ जना मतुवा आदिको दृश्य देख्न पाइने ठमेल वेश्यावृत्ति र लागूपद्धार्थ ओसारपसारका लागि पनि प्रख्यात छ । त्यसकारण विदेशी पनि आफूलाई पूर्ण सुरक्षित छु भन्ने महशुस गर्न सक्दैनन् । 

………………

बाहिरबाट नियाल्दा ठमेलको ‘नाईट लाईफ’ जति चम्किलो र आकर्षक लाग्छ, एकचोटी चस्मा पुछेर हेर्ने हो भने अर्कै वास्तविकता अगाडि देखिन्छ । 
‘ओ हिरो ! कता हिँडेको’ सिठ्ठी बजाउँदै एउटी युवती आँखा झिम्काउँछे ! आफ्नो शरीरको मोलतोल गर्छे र हात पक्रेर लैजान्छे । कतिचोटी घुम्नमात्र गएका युवतीलाई पनि बोलाएर उसको दरभाउ सोधिन्छ । 

………………

रात्रीको साङ्गीतिक कार्यक्रम र मदिरापानमा उन्मत्त भएर नेपालीहरु नै एकआपसमा झगडा गर्ने, होहल्ला मच्चाउने, विदेशीहरुको पैसा वा सामान लुटपाट गर्नेजस्ता अनैतिक र लाजलाग्दा क्रियाकलाप गर्दा पर्यटकहरुको सुरक्षामा प्रश्न चिह्न खडा भएको छ । 

विश्वमै इमान्दारीताको उदाहरण मानिने नेपालीले विदेशीलाई ठग्छन् । भनेको सुन्दाअचम्म नपरे हुन्छ । झन् विदेशीकै मुखबाट उनीहरु ठगिएको कथा सुन्दा लाजले टाउको झुकाउनु पर्छ । ट्याक्सी चालकले मिटरको हिसाबमा नरही मनपरी भाडा लिने गरेका छन् । व्यवसायीहरुले आफ्ना सामानमा तेब्बर मूल्य जोड्छन् । अधिकांश पर्यटकको यहि छ गुनासो । ‘त्यही भएर एउटा नेपाली गाइड अनिवार्य चाहिन्छ’ उनीहरुले निश्चित गरेका छन् । 

४३ वर्षदेखि ठमेलमा सारङ्गी बजाउँदै आएका एकजना गन्धर्वले लोकपथसँगको कुराकानीका क्रममा त्रिचालीस वर्ष अघि र पछिको ठमेलमा आकाश पातालको फरक पाएको बताए । 
 

कोशिस गरिरहेका छौँ : प्रहरी 

‘अघोषित रेडलाइट एरियाका’ रुपमा नराम्रो छवि बनाइसकेको ठमेलमा सुरक्षा व्यवस्था कडा गरेपछि भने धेरै सुधार आएको प्रहरी बताउँछ । केहि समय अघिसम्म ठमेलले नराम्रो परिचय बनाएको थियो । तेस्रो लिङ्गी समुदायका मानिसहरुले विदेशी पर्यटकलाई ठगेको गुनासो आईरहन्थ्यो ।

ठमेलमा भेटिएका प्रहरी अधिकारीले भने, तेस्रो लिङ्गीले ठमेलमा ठग्ने, लुटपाट गर्ने, साँझ पर्न थालेपछि रमिता देखाउने, विदेशी पर्यटकसँग मद्यरातसम्म मदिरापान गरेर होहल्ला गर्ने, अनैतिक क्रियाकलाप गर्ने गरेका उनिहरुलाई पक्राउ गरी प्रहरी हिरासतमा राख्दा नाङ्गो भएर बसीदिने भएका कारण निकै समस्या भएको प्रहरीको भनाई छ ।

यद्यपी ठमेललाई सुरक्षित बनाउनको लागि प्रहरीले स्थानिय तथा पर्यटन व्यवसायीसँग छलफल र आवश्यक समन्वय गरि विभिन्न स्थानमा सिसि क्यामेरा जडान तथा सुरक्षा गस्ती चुस्त बनाएको प्रहरीको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?