नेता नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपाल युगाण्डामा आयोजित ‘ग्लोबल एक्सन अगेन्स्ट मास अट्रोसिटी क्राइम्स’ (गामक) संस्थाको तेस्रो बैठकमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ । 
बैठकमा नेता नेपालले नेपालको वर्तमान राजनीतिक स्थिति, शान्ति प्रक्रिया र त्यसको चुनौतीका बारेमा सम्बोधन गर्नुभएको थियो । 

पूर्वप्रधानमन्त्री नेपालले नेपाल विकास र समृद्धिमा अघि बढ्नका लागि सबैको सहकार्य भए मात्रै सम्भव हुने सम्मेलनमा बताउनुभएको उहाँका स्वीकयसचिव मोहन गौतमले जानकारी दिनुभयो । 

कार्यक्रममा युगाण्डाका प्रधानमन्त्री, रुहाकाना रगन्डर, युएनका प्रतिनिधि, मानवअधिकारका क्षेत्रमा काम गरेका व्यक्ति, एशिया, युरोप, ल्याटिन अमेरिकालगायत ८० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता थियो । बैठकमा सहभागीले मानवअधिकार र द्वन्द्वको बारेमा धारणा राखेका थिए । 

गामक नागरिक समाज, संस्था र संयुक्त राष्ट्र संघको समर्थनका लागि सन् २०१३ मा स्थापना गरिएको समावेशी नेटवर्क संस्था हो । यसले सबै सदस्य राष्ट्रहरुबीच सहकार्य गर्दै दमनको रोकथाम, नरसंहार र युद्ध अपराधविरुद्धको सक्रियता क्षेत्रमा काम गरिरहेको छ । 

प्रत्येक दुई / दुई वर्षमा हुने यसको पहिलो बैठक सन् २०१४ मा कोस्टारिकामा र दोस्रो बैठक सन् २०१६ मा फिलिपिन्समा भएको थियो । नेता नेपाल बैठकमा सहभागी हुन यही जेठ ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?