मृगलाई हानेको गोली मान्छेलाई लाग्यो, घटनास्थलमै मृत्यु

संखुवासभा – सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा आज अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । शव परीक्षण हुन बाँकी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?