नेपालको परिचय फैलाउने उद्देश्यले जापानमा जेसिस सम्मेलन

जापान : जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् । 

यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने रणनीति अघि सारेर देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो । 

सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेपाल जेसिज वर्ष–२०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको नेतृत्वमा सम्मिलित ६० जनाको टोलीले यस्तो निष्कर्ष निकालेको छ । सम्मेलनमा युवा जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गर्ने गरी दस्ताबेजीकरण सहितको प्रस्तुतीकरण नेपाली टोलीले गरेको छ । विश्वभरका ४६ देशका युवा जमातबीच एकअर्कामा परिचय, सम्बन्ध निकटता, विश्व बजारीकरण लगायतका क्षेत्रमा विचार आदानप्रदान गरिएको थियो । 

नेपाल जेसिजको इतिहासमा पहिलो पटक सबैभन्दा धैरै संख्यामा नेपाली टोलीले सो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने अवसर पाएकाले सम्मेलन नेपाल र नेपालीका साथै नेपाल जेसिजका लागि फलदायी हुनाका साथै कोशेढुङ्गा साबित हुने नेपाल जेसिज वर्ष–२०१८ का अन्तर्राष्ट्रिय संयोजक प्रदीमन वैद्यले बताए। 

सम्मेलनले नेपाल र नेपालीको अन्तर्राष्ट्रियजगत्मा पहिचान साथै अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको सम्मेलनमा सहभागी धपासी जेसिजका कार्यकारिणी उपाध्यक्ष अमित आचार्यले जानकारी दिए । 

सम्मेलनले नेपालको पर्यटन व्यवसायलाई प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियजगत्मा पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको सम्मेलनमा सहभागी धापासी जेसिजका उपाध्यक्ष अनिल महर्जनले बताए । १८ दखि ४० वर्ष सम्मका युवा पंक्तिको सहभागिता रहेको सम्मेलनले विश्वभरिका युवा जनशक्तिलाई आ–आफ्नो कार्य क्षेत्रमा थप गुणस्तरीयता प्रदान गर्न सहयोग पुग्ने अपेक्षा सम्मेलनको रहेको छ । सम्मेलनमा विश्वभरका ४६ देशका करीब दश हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?