नेपाल-जापान फ्रेन्डसिप लायन्समा अर्जुन थापाको नेतृत्व

टोकियो।  नेपाल–जापान फ्रेन्डसिप लायन्स क्लबको नेतृत्व अर्जुन थापाले पाएका छन् ।

जापानस्थित फुकुओका सहरको हकाता सिमीन सेन्टरमा सम्पन्न अधिवेशनबाट  थापा  दोस्रो कार्यकालका लागि  सर्वसम्मत निर्वाचित भएका हुन् ।

३५ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा ज्योति केसी, द्वितीय उपाध्यक्षमा दिलेन्द्र जोशी, एलसीआईएफसी कोआर्डिनेटर तथा प्रवक्तामा कृष्णप्रसाद सुवेदी, मेम्बरसिप तथा खेलकुद डिरेक्टरमा शंकर केसी रहेका छन् ।

यस्तै सचिव सूर्यबहादुर कुँवर, सहसचिवमा भागिरथ पौडेल, कोषाध्यक्षमा गुप्तराज न्यौपाने र सहकोषाध्यक्षमा प्रकाश लामिछाने चयन भएका छन् ।

यस्तै क्लबको सदस्यहरुमा सुवास श्रेष्ठ, सञ्जय चौधरी, नविन देवकोटा, विष्णु रानभाट, मिलन बस्नेत, ध्रुव गैरे, अनिता रिमाल, विकास रोकाया, सन्तोष सापकोटा, लगायत छन् ।

अधिवेशनमा एनआरएनए आईसीसी सदस्य टंक गैरे, हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्मराज अधिकारीलगायतको समेत सहभागिता रहेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?