दरबार हत्याकाण्डको स्मरणः जनताको दुःख बुझ्ने हीराजस्ता राजाको अवसान

काठमाडौं । ०५८ को आज । अर्थात् सोह्र वर्षअघि जेठ १९ मा जताततै शोक धुन बजिरहेको थियो । ‘दरबार हत्याकाण्ड भयो रे !’ भन्ने सुन्दा धेरैलाई अकल्पनीय लागेको थियो त्यो घटना । हत्याकाण्डलाई धेरैले सहजै पत्याउन सक्ने अवस्था पनि थिएन । पश्चिमा मिडियाले दरबार हत्याकाण्डका बारेमा जानकारी दिइरहेका थिए । नेपाली मिडियाले शोक धुन बजाएका थिए ।
पूरै समय अनविज्ञ थियो, दरबारभित्र के भइरहेको थियो ?

***
आजको दिन सोह्र वर्ष पुगेको दरबार हत्याकाण्ड कसरी भएको थियो भन्ने पनि बाहिर आएको छैन तर त्यो दिनलाई कसैले भुल्न पनि सकेका छैनन् । यी सोह्र वर्षमा नेपालमा राजतन्त्रको अन्त्य भइसकेको छ तर राजा वीरेन्द्र जनताको मनमा अझै छन् ।

*** 

दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भयो । सोही हत्याकाण्डमा राजावीरेन्द्रको सन्तानसँगै अन्य धेरैले पनि ज्यान दिए । नीर शाहका दाइ खडग प्रसाद शाह र भाउजू शारदा शाहको पनि दरबारमा हत्या गरिएको थियो । यो खबर सुनेको केही सेकेन्डमै नीर शाहकी आमाले प्राण त्याग गर्नुभयो ।

वरिष्ठ कलाकार नीर शाहका लागि दरबार हत्याकाण्ड अत्यन्तै दुःखद् दिन बनेको छ । किनकि, उनले यही दिन आफ्नी आमालाई पनि गुमाउनुपरेको थियो । आमा गुमाउन परेको पनि आज १६ वर्ष भइसकेको छ तर उनलाई त्यो दिन हिजो जस्तै लाग्छ । दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भयो । सोही हत्याकाण्डमा राजावीरेन्द्रको सन्तानसँगै अन्य धेरैले पनि ज्यान दिए । नीर शाहका दाइ खडग प्रसाद शाह र भाउजू शारदा शाहको पनि दरबारमा हत्या गरिएको थियो ।
यो खबर सुनेको केही सेकेन्डमै नीर शाहकी आमाले प्राण त्याग गर्नुभयो । ‘मेरी आमाको देहान्त भएको यहीदिन, हामीले दाइ भाउजूसँगै आमा पनि गुमाउनु परेको थियो, यो घटना घटेको १६ वर्ष पुगिसकेको छ, तर मलाई हिजोजस्तै आलो लाग्छ,’नीर शाह भुल्न नसकेको स्मृति सुनाउँदै भन्छन्, ‘दरबार हत्याकाण्ड पनित्यस्तै एउटा हत्याकाण्ड हो, जसलाई नेपालीले बुझ्न चाहन्छन् तर अझै पनि यसको वास्तविकता बाहिर ल्याइएको छैन, दुःख लाग्छ ।’

***

त्यत्रो हत्याकाण्डको अहिले सम्मपनि वास्तविकता बाहिर आउन नसक्दा भने उनलाई दुःख लागेको छ । ‘त्यो दिनहामी शूटिङ सकेर मलेखुबाट फर्किँदै थियौं, दरबार हत्याकाण्डको अपुष्ट समाचार विदेशी मिडियाले दिइसकेका रहेछन् । मलेखुमा एकजना चिया पसलेले हामीलाई खबर सुनाए, अब कफ्र्यु लाग्ने भन्ने पनि उनैले सुनाए,’ बसुन्धरा भुसालले त्यो समय सम्झँदै सुनाउँछिन्,

धेरैको बुझाइजस्तै नीर शाहको बुझाइमा पनि राजा वीरेन्द्र विकासको पक्षमा थिए ।
अघिल्लो पुस्ताकी अभिनेत्री बसुन्धरा भुसालले राजा वीरेन्द्रको परिवारको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डलाई ‘औंशीको कालो रात’का रुपमा लिने गर्छिन् । उनको बुझाइमा राजा वीरेन्द्र मात्रहोइन, पूरै राजपरिवार नै कलाप्रेमी र जनताको दुःखबुझ्ने थिए । कलाकारलाईअत्यन्तै माया र सद्भाव देखाउँथे । भुसालले बुझेका राजावीरेन्द्र अत्यन्तै शालीन, विश्वले नै मानेका, कुशल र विकासप्रेमी राजा थिए । त्यत्रो हत्याकाण्डको अहिले सम्मपनि वास्तविकता बाहिर आउन नसक्दा भने उनलाई दुःख लागेको छ ।
‘त्यो दिनहामी शूटिङ सकेर मलेखुबाट फर्किँदै थियौं, दरबार हत्याकाण्डको अपुष्ट समाचार विदेशी मिडियाले दिइसकेका रहेछन् । मलेखुमा एकजना चिया पसलेले हामीलाई खबर सुनाए, अब कफ्र्यु लाग्ने भन्ने पनि उनैले सुनाए,’ बसुन्धरा भुसालले त्यो समय सम्झँदै सुनाउँछिन्, ‘त्यो घटना सुनेपछि फिल्मको बाँकी शूटिङ नै रोकियो, अत्यन्तै दुःखद समाचार थियो त्यो, के हो र कसो हो को स्थिति बनेको थियो ।’

***
उनी मात्र होइन, पूरै नेपाली दुःखी थिए त्यतिबेला । कतिले त अहिले पनि श्राद्ध दिँदा अहिले पनि राजाका नाममा छुट्याइदिने गरेको बसुन्धरा सुनाउँछिन् । जुनै कलाकार बिरामी पर्दा पजि आफै भेट्न आउने, हालखबर सोध्ने र कलालाई माया गर्ने राजाको प्रत्यक्ष बानीले गर्दा आफू हत्याकाण्डबाट अत्यन्तै भाव विह्वल भएको बसुन्धरा बताउँछिन् । ‘मलाई त राजपरिवार मात्र हैन, नेपालबाट शान्ति नै गएझैं लाग्छ, त्यसपछि नेपालमा लामो समय हिंसा भयो, अहिले पनि श्रुती सरकारका दुई छोरीको तस्वीर देख्दा आँखा रसाउँछन् ।’, उनी सुनाउँछिन् ।
राजाको हत्याभएको खबर सुन्दाआफूलाई मात्र होइन, विश्वलाई नै अत्यन्त दुःख लागेको उनी बताउँछिन् ।
‘राजा रानी यति सरल हुनुहुन्थ्यो कि, उहाँ बस्ने खाटहरु पनि सामान्य खालका थिए, सरल जीवन थियो उहाँको, मैले कतिपटक जाँदा देखेकी छु ।’, बसुन्धरा सुनाउँछिन्, ‘हामीले विश्वले चिन्ने हीराजस्ता राजालाई गुमायौं, शान्ति गुमायौं ।’
उनी सम्झिन्छिन्, ‘नेपाल त शान्तिको देश भनेर घोषणा हुन लागेको थियो हैन र?’

***

बिहानैदेखि रेडियोमा शोक धुन र भजन बजिरहेका थिए । त्यतिबेला अहिलेजस्तो सामाजिक सञ्जालको विकास भइसकेको थिएन । ‘त्यो अवस्था एकदमै भयानक अवस्था थियो, पूरै बस्ती भावुक भएको थियो, शुरुमा त दरवार हत्याकाण्ड बारे पनि केही थाहा थिएन,’न्यौपाने भन्छन्, ‘राजाका विरुद्ध आवाज उठाउने जनता पनि अत्यन्तै दुःखी भएका थिए, पूरै मान्छेमाआफ्नै घरको आफन्त बितेजस्तो चिन्ता थियो, धेरैले कपाल खौराएका थिए ।’

साहित्यकार एवम् स्रष्टा अमर न्यौपानेले सोह्र वर्षअघिको त्यो दिनलाई अझै स्मृतिमा राखेका छन् । त्यति बेला  अहिलेको जस्तो चर्चित साहित्यकार पनि भइसकेका थिएनन् । चितवनमा भर्खर स्नातकोत्तर शुरु गरेकाथिए । बिहानैदेखि रेडियोमा शोक धुन र भजन बजिरहेका थिए । त्यतिबेला अहिलेजस्तो सामाजिक सञ्जालको विकास भइसकेको थिएन । ‘त्यो अवस्था एकदमै भयानक अवस्था थियो, पूरै बस्ती भावुक भएको थियो, शुरुमा त दरवार हत्याकाण्ड बारे पनि केही थाहा थिएन,’न्यौपाने भन्छन्, ‘राजाका विरुद्ध आवाज उठाउने जनता पनि अत्यन्तै दुःखी भएका थिए, पूरै मान्छेमाआफ्नै घरको आफन्त बितेजस्तो चिन्ता थियो, धेरैले कपाल खौराएका थिए ।’
त्यो बेलाअहिले पनि उत्तिकै याद भएको न्यौपाने बताउँछन् ।

***
दरबार हत्याकाण्ड भएको सत्र वर्ष  बितिसकेको छ । इतिहासमा कोत पर्व, भण्डारखालपर्व जस्तै दरबार हत्याकाण्ड पनि एउटा इतिहास बनेर बसेको छ । हत्याकाण्डका सतही कुरा बाहिर आएपनि हत्याको मूल जड के थियो भन्ने अझै बाहिर आउन सकेको छैन । दरबार हत्याकाण्ड आफैमा एउटा रहस्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?