चित्र फेरियो तर चरित्र उस्तै : रत्नपार्क जहाँ शरीर बेच्नैको लागि युवतीहरुमै हुन्छ तछाडमछाड !

सानो उमेरदेखी अहिलेपनि मैले सुनिरहेछु चेलिबेटी बेचविखनको विषय । पहिला भारतको बम्बईको कोठीमा त अहिले भारत अलवा खाडी मुलुकको विभिन्न ठाउँमा । दलालले ललाईफकाई बेचिएका चेलिबेटीको आँखाबाट बगेको आशुले कयौँ पटक रुवाएको छ मलाई ।

तर केही दिनदेखी मैले फरक दृश्य देखिरहेको छु । सधै बेचिएकाको कथा सुनेकी मैले बेचिन खोज्नेहरुले गरेको तछाडमछाड र लुछाचुडिको दृश्य दिनानुदिन नियालिरहेको छु । 

***

दिनदहाडै शरीरको मोलमोलाई चल्ने शहर । मोल्नेहरु मोल्छन् । बेचिनेहरु स्वस्फूर्त बार्गेनिङ गर्छन् । अस्वभाविक हाउभाउ, चम्किलो र भद्धा मेकअप, पर्खिरहेको आभाष दिने हर्कत देखाउँछन् । अनि आफूलाई बेचाउँछन् । केहि मिनेटको लागि, घण्टाको लागि, हुनसक्छ, एक रातको लागि । 

सुनेकी थिएँ रत्नपार्क वेश्यावृत्तिको लागि प्रख्यात शहर हो । दिनदहाडै शरीरको मोलमोलाई चल्ने शहर । मोल्नेहरु मोल्छन् । बेचिनेहरु स्वस्फूर्त बार्गेनिङ गर्छन् । अस्वभाविक हाउभाउ, चम्किलो र भद्धा मेकअप, पर्खिरहेको आभाष दिने हर्कत देखाउँछन् । अनि आफूलाई बेचाउँछन् । केहि मिनेटको लागि, घण्टाको लागि, हुनसक्छ, एक रातको लागि । 
तपाई खसीबजार बल्खु पुग्नुभएको होला नी अब सम्झनुहोस् बेच्नको लागि राखिएका खसीबोका । ठ्याक्कै त्यस्तै दृश्य । कोहि खिरीला, कोहि मोटा, कोहि पातला, कोहि लिखुरा, कोहि अग्ला कोहि होचा कोहि पोटिला कोहि दाप्ले । अनेकन प्रकारका । 

अब बल्खु खसीबजारमा जाने व्यापारी सम्झनुहोस् । पोटिला पकेटवाला, भर्खरै गाउँबाट सहर आएका, दिउँसोभरी भारी बोकेर लखतरान भएका, कोहि छोएरै वा छुवाएरै भएपनि काम चलाउने मुडमा । कोहि सस्तो पाए लानेवाला, कोही कसैले नमोलेको, कोही सबैले गिजलेको भएपनि स्वाद नबिग्रे चल्ता हे पारामा । तर यो दृश्य खसीबजारको हैन । रत्नपार्कको हो । 

***

हो, धेरै वर्षअघिदेखि अघोषित रेड लाईट एरियाको रुपमा चिनिन्थ्यो रत्नपार्क । २ वर्ष अगाडि रत्नपार्कले नयाँ परिचय पायो । अर्थात् अब यो सार्वजनिक पार्कभित्र दिनदहाडै वेश्यावृत्तिको लागि प्रयोग हुने छैन ।

‘वेश्याहरुको’ डिल हुने अखडाको नाममा चिनिएको रत्नपार्कले नाम मात्रै फेरेको छ । चरित्र उस्तै । सिधा भाषामा भन्दा रत्नपार्कलाई घेरीएको अग्ला फलामे डण्डिमा आड लिएका युवतिहरु मिरमिरे साँझ परेदेखि आधा रातसम्मै खुलम्खुल्ला ‘सेक्स डिल’ गरिरहेका हुन्छन् । 

त्यतिबेला यहि लेखिकाले समाचार लेखेकी थिई । ‘फेरियो रत्नपार्क’ शिर्षकमा । तर ‘वेश्याहरुको’ डिल हुने अखडाको नाममा चिनिएको रत्नपार्कले नाम मात्रै फेरेको छ । चरित्र उस्तै । सिधा भाषामा भन्दा रत्नपार्कलाई घेरीएको अग्ला फलामे डण्डिमा आड लिएका युवतिहरु मिरमिरे साँझ परेदेखि आधा रातसम्मै खुलम्खुल्ला ‘सेक्स डिल’ गरिरहेका हुन्छन् । 

***
लेखिकाको कार्यालय निर्वाचन आयोग सँगै छ । त्यहि बाटो हुँदै रातको ८ बजे कार्यालयबाट घरतिर सोझिनु उनको दैनिक हुन्छ । जमल पुलनिर आक्कलझुक्कल हुने ट्राफिक चेकिङमा विवरण खुलाएर उनी स्कुटरको स्पिड बढाउँछिन् ।  जमलबाट थोरै पर गएपछि साईड लाईट बल्छ । उनी दरबारमार्गपट्टिको बाटो रोज्दिनन् । अब त्रिचन्द्र कलेज हुदै स्कुटर दौडिन्छ । ठ्याक्क कलेज अगाडिको जेब्रा क्रसिङबाट देखिन्छ, रत्नपार्कको आकाशे पुल । निर्जिव पुल टक्क उभिएको छ । तर पुलमा चिप्काएको एउटा कम्पनिको विज्ञापन रंगहरुका कारण केहि सजिव देखिन्छ । रत्नपार्कतिर नसोझिकन सिधा पुरानो बसपार्कपट्टि जाने हो भने तपाईले आफ्नो सावरीको गति घटाउनुपर्छ । कारण त्यहाँ भित्तापट्टिको सडक लेन जाम छ । सवारीहरु लस्करै रोकिएका छन् । अब तपाई आफ्नो सवारी स्लो गर्नुभयो भने देख्नुहुन्छ यस्ता दृश्य जुन कारुणिक र घृणित दुबै छ । 

***
दृश्य १ : नीजि नम्बर भएका कारवाला रत्नपार्कबाट पुरानो बसपार्कपट्टि जाने स्थान भित्तो लेनमा छन् । कारको लाईट अफ छ । साईड सिग्नल छैन । कार पुरै भित्तो च्यापेर पार्किङ गरिएको छ । देब्रे हातले कारलाई समातेर चालकपट्टि ढोकाबाट टाउको भित्र लगेर युवती कारवालालाई सोध्दैछिन् लाने हो ?
कति हो ? कारवाला यूवतिको कपाल मुसार्छ । युवती यतायता हेर्छे । उसको रातो लिपिस्टिक ओठभन्दा तलसम्म छरपस्ट छ । कति दिनुहुन्छ भन्नुन ? युवतीको गाला तान्दै कारवाला भन्छ एक हजार । युवति ‘रेडि’ हुन्छे । कारमा बस्छे कार स्टार्ट हुन्छ । बेतोडले दौडन्छ र सिंहदरबारपट्टिको बाटो रोज्छ ।  

***

दृश्य २ : बाग्मती अञ्चलमा दर्ता भएको टु ट्वान्टि पल्सर बाईक कार भन्दा एक स्टेप तल रोकिएको छ । हेलमेट लुकुङ ग्लासमा अडिएको । जिन्सको पाईन्ट तान्दै बाईकवाला यताउता नजर डुलाईरहेका छन् । उनको नजरमा पर्नासाथ लेखिका मोबाईलमा कार्यालयमा फोन कल गरेको नाटक गर्दै फाईल नम्बर एक दुई तिन बारे कुरा गर्दै उनिहरुको नजरबाट हट्ने कोशिस गर्छिन् । दृश्यहरु नियाल्छिन् । युवालाई हाफ कट्टु लगाएर लामो धर्का गाजल कोरेकी युवति मन पर्छ । उ चुईगम जोडले फुकिरहेकी छ । बार्गेनिङ रेट घुईरो घुईरो सुनिन्छ । ४०० र एउटा एनसेलको रिचार्ड कार्ड । बाईकवाला हतारमा देखिन्छ, हेलमेट लगाएर बाईट स्टार्ट गर्छ । युवती गल्र्याम्म अँगालो मार्छे । यो बाईक सुन्धारापट्टि सोझियो । 

***

दृश्य ३ : गोरो अनुहार, रातो लिपिस्टिक, कालो मस्कारा, कालो आखि भौ । यी युवती स्कुटरमा छिन् । रातो हाफ प्यान्ट र कालो स्यान्डो । स्यान्डोले उनलाई आधा मात्रै छोपेको छ । उनको देब्रे वक्षस्थलमाथि असुहाउँदिलो बढेमानको ट्याटु देखिन्छ । बसपार्कबाट सवारी साधन निस्कने भन्दा ठ्याक्कै वायाँपट्टि मानिसहरु ओहोरदोहोर गर्ने एउटा सानो गेट छ । स्कुटर त्यहि उकालेर उनि जिउ तन्काईरहेकी छिन् । केहि तत्काल चाहिएको मुद्रामा । उनीसँग युवाहरुको बाक्लो भिड छ । ८ सय ५० । ९०० हुन्छ । ल हजार दिएँ । आवाज प्रष्ट सुनिन्छ । करिब ४ मिनेट जति पछि सर्ट पाईन्ट लगाएको भलाद्मी देखापर्छ रातो क्यापसहित । उसले कहाँ के कसरी कति कुन लगाएतका सुविधा सोध्छ । उसैको स्कुटरमा थचिन्छ । स्कुटर स्टार्ट हुँदा नहुँदै उसका हात अघि मैले देखेका ट्याटुमा पुगिसकेको हुन्छ । स्कुटर कता मोडियो देखिएन । ह्वार्वार्वाङ आवाजमा दौडेको ट्रिपरले छेलियो । 

***

दृश्य ४ : ५ फिट ८ ईन्च जति अग्लि एक यूवति कालो स्कर्टमा छ । उसले लङ बुट लगाएकी छ । बसपार्क भन्दा अलि पर एउटा आकाशे पुल छ । आकाशे पुलको भ¥याङलाई आडेसा लगाएर मोबाईल थिचिरहेकी छ । गालामा पेनिस्टिक (प्रकाशमा अझ गोरो बनाउने विशेष किसीमको क्रिम) बाक्लो पोतिएको छ । अब यहाँनिर चौपट झमेला छ । केटी आफूलाई बिक्रि गर्न सकिरहेकी छैन । अस्वभाविक अग्लि भएकोले उसलाई मोलतोल गर्नेहरु भन्दा नजिकै आएर टोपी खस्ने गरि हेरिरहेका बढि छन् । कोहि त उसको कम्मरमा पुग्छन् । उ चाहिँ बेलाबेलामा मुख बिगार्छे । ८–१० मिनेटजतिपछि एउटा लम्बु खालको कालो वर्णको केटो आयो र हिन्दीमा मोलतोल ग¥यो । उनिहरु हात समातेरै हिँडे । 

***

दृश्य ५ : रातो कुर्ता सुरुवाल लगाएकी एउटी मोटि अधवैसे उभिरहेकी छ । आकाशे पुल पछाडि । क्रेताहरुको लस्कर छ । एउटाले पाखुराको बलमा नाम्लो बरीयो च्यापेको छ । ढाका टोपी छ शिरमा झुस्स दारी गालामा । उसले गोजीबाट २ सय रुपैयाँ झिकेर अधबैसेको हातमा राख्छ । अधबैसे सल मिलाएर ओड्छिन् र उनिहरु त्यहि आकाशे पुलको मुखबाट विर हस्पिटलपट्टि आउने लामो र चौडा बाटातिर लाग्छन् । 

अब यतिन्जेलसम्म रत्नपार्क केहि हलुका हुन्छ । अब मुस्किलले १५ जना आफूलाई बिक्रि गर्न सकिरहेका छैनन् । केहि दोस्रो टिपका लागि हतारिदै आईपुगेका छन् । अब बार्गेनिङका लागि पार्किङ गरिएका सवारी कम देखिन्छन् । सडकमा हुईकिएकाहरु र केहि रमितेहरु आँखा मारेर, हर्न दिएर वेश्याहरु चाखिरहेका छन् ।  

अब यतिन्जेलसम्म रत्नपार्क केहि हलुका हुन्छ । अब मुस्किलले १५ जना आफूलाई बिक्रि गर्न सकिरहेका छैनन् । केहि दोस्रो टिपका लागि हतारिदै आईपुगेका छन् । अब बार्गेनिङका लागि पार्किङ गरिएका सवारी कम देखिन्छन् । सडकमा हुईकिएकाहरु र केहि रमितेहरु आँखा मारेर, हर्न दिएर वेश्याहरु चाखिरहेका छन् ।  

***

त्यसैले रातिको समयमा कुनै काम विशेषले हिड्ने यूवतिहरुको लागि  शहर सुरक्षित छैन भनिएको हो । खासगरी रत्नपार्क चोक, पुरानो बसपार्क, गौशाला, बालाजु बाईपास , बत्तिसपुतलि पान पसल छेउछाउ, गोङ्गबु, कलंकी चोक र केहि स्थानका भित्रि चोकहरु वेश्यावृत्तिका लागि कहलिएका ठाउँहरु हुन् ।  

साँझको समयमा सामाजिक मर्यादा र सर्वसाधारण नागरिकको प्रतिष्ठामा आँच पुग्ने किसिमका अश्लिल शब्द तथा यौनजन्य हर्कत प्रदर्शन उनीहरुलाई पक्राउ गर्ने र कानून अनुसार कार्बाहि हुन्छ । तर रत्नपार्कलाई यौन व्यवसायीले अखडा नै बनाएर बसेका छन् । केहि समयअगाडि काठमाडौँको ठमेल र दरबारमार्गमा तेस्रो लिङ्गीका कारण पर्यटकलाई असुविधा भएको तथा सुरक्षा स्थीति खलबलिएको भन्दै केहि यौनकर्मी पक्राउ परेका थिए ।

तर  पक्राउ परेकाहरुले हिरासतमा नै  अश्लिल क्रियाकलाप देखाउने, तथा कपडा खोलेर नाङ्गै बसीदिने गरेका कारण समस्या परेको प्रहरीको भनाई छ । 

के छ कानूनमा ? 
नेपालमा यौन ब्यबसाय सञ्चालन गर्न नपाउने व्यवस्था छ । 
सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप प्रदर्शन गर्नेविरुद्ध सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत कार्बाहि हुने व्यवस्था छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?