कर्णालीका मुख्य मन्त्री संग सिधा कुरा गर्न डायल गर्नुस १०९६

सुर्खेत–कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आफ्नो आधिकारीक वेवसाईट सुरु गरेको छ ।
 जनतासंग मुख्यमन्त्री कार्यक्रम अन्तरगत हेल्लो मुख्यमन्त्री हटलाईन सेवा र वेवसाईट शुभारम्भ गरेको हो ।
वेवसाईट शुभारम्भ कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीको समृद्धिको लागि सुचना प्रविधिको प्रयोगमा जोड दिईने बताएका छन् ।
शाहीले सुचना प्रविधिको प्रयोग मार्फत प्रदेश समृद्धिको लागि सरकार र जनतावीच हातेमालो गर्ने बताए ।
मुख्यमन्त्री शाहीले दुवै समस्यालाई नोटीस गर्नुको साथै समस्या सामाधानका लागि सम्वन्धित निकायलाई निर्देशन गरेका छन् ।
१०९६ नम्वरको हटलाईन सेवामा नागरिकले फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आधिकारीक वेवसाईट मा कर्णाली प्रदेश सरकारसंग सम्वन्धित सवै सुचना उपलब्ध गराईएको छ ।
उनले हटलाईन सेवाले कर्णाली प्रदेशको विकास, समृद्धि र समृद्धिका लागि नागरिकको सहयोग र सहभागितालाई सुनिश्चित गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरे ।
हरेक नागरिकलाई सरकार आफनै घरआँगनमा रहेको प्रत्याभुति दिलाउन र सरकारको सेवा प्रवाह तथा विकास निर्माणमा उनीहरुको सल्लाह, सुझाव र गुनासोको सम्वोधन गर्न यो सेवा शुरु गरिएको मुख्यमन्त्री शाहीको भनाई छ ।
हेल्लो मुख्यमन्त्री हटलाईन सेवाको शुभारम्भ संगै मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई फोन गरेर नरहरीनाथ गाउपालिका वडा नं. ९ कालिकोटका प्रेम सार्कीले वडा सदस्य समेत रहेकी आफनी आमा मना सार्कीको हत्याका सम्वन्धमा छानवीन गरि दोषिलाई कारवाही गर्न माग गरे ।
त्यसैगरि रुकुम पश्चिम मुसीकोट नगरपालिकाका दिपक बाँठामगरले त्रिभुवन जनता आधारभुत विद्यालय भवन र साना सहरी खानेपानी आयोजनाको निर्माण कार्यमा चरम लापरवाही भएको तथा वर्षौं देखि निर्माण कार्य अलपत्र रहेको गुनासो गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?