स्याबास ! डाक्टर बाबुराम भट्टराई

लोक जान्दछ, डाक्टर बाबुराम भट्टराई अद्भूत नेपाली विद्धान हुन् । संसारलाई जग जाहेर छ,केही वर्ष पहिले उनले तलाक तलाक भने पनि उनी माक्र्सवादी विद्यार्थी हुन्, कमरेड माओत्सेतुंगका चेला हुन् । 

धर्मलाई अफिमको संज्ञा दिने कार्ल माक्र्स वा माओका अनुयायीहरूले अनन्त, अनादीकालदेखि विश्व ब्रह्माण्डलाई नै सही दिशा दिँदै आएको सनातन हिन्दू सभ्यता, संस्कृति र संस्कारलाई किन मानुन् त ?

नानीदेखि नै हिन्दूत्वको विपक्षमा गोरखादेखि जेएनयुसम्म त्यही एन्टी हिन्दूइज्मको लागि पिएचडी गराइएका एक विद्धानले मनको बात गरिदिए त के बिगारे? सही बोले डाक्टरले । एनटिभीको अन्र्तवार्तामा यसै साता भन्दै पनि थिए, उनी मुक्तिनाथ वा मन्दिर जान्छन् त पिताको पछि लागेर पो जान्छन् त । आफै मन्दिर धाउने, धुप बाल्ने डाक्टर होइनन् उनी ।

नानीदेखि नै हिन्दूत्वको विपक्षमा गोरखादेखि जेएनयुसम्म त्यही एन्टी हिन्दूइज्मको लागि पिएचडी गराइएका एक विद्धानले मनको बात गरिदिए त के बिगारे? सही बोले डाक्टरले ।

एनटिभीको अन्र्तवार्तामा यसै साता भन्दै पनि थिए, उनी मुक्तिनाथ वा मन्दिर जान्छन् त पिताको पछि लागेर पो जान्छन् त । आफै मन्दिर धाउने, धुप बाल्ने डाक्टर होइनन् उनी ।

जन्मजात धर्म विरोधी राजनीति गरेर कपाल फुलाएका, साम्यवादी अर्थ राजनीतिका व्याख्याता, पूर्व अर्थमन्त्री, प्रधानमन्त्री भैसकेका एकजना सांसदलाई अहिले कथित उदार लोकतान्त्रिक गणतन्त्रमा हिन्दू विरोधी अभिव्यक्ति दिने छुट छ ।

उनको मुखमा बुजो लगाउन खोज्नेहरु बरु पटमूर्ख हुन । उनले जे बोले, त्यही हो वाबुरामको दर्शन, चिन्तन, संस्कार, व्यवहारको अभिव्यक्ति हो । किनकि डा. बाबुरामहरू गोरखनाथको जिल्ला खोप्लाङबाट काठमाडौं खाल्डो हुँदै जेएनयसका एन्टी हिन्दूइज्म स्कुलिङका उत्पादन हुन् ।

जुनसुकै माटोमा रोपियोस्, बीउ अनुसार नै फल लाग्ने हो ।

विरोधी सफायाको काटमारपन्थी कम्युनिष्ट स्कुलिङको नेताले माक्र्सवाद वा माओवादसँग पारपाचुके गर्दैमा ऊ आचरण, संस्कार र व्यवहारबाट खाँटी हिन्दूवादी वा गैर माक्र्सवादी हुन सक्दैन ।

त्यही व्यवहारिक रुप देखाएका हुन् डा. बाबुरामले आफ्नो पछिल्लो हिन्दूविरोधी अभिव्यक्तिमा ।

 

थोडा बाबुराम काग हुन् र उनी काग काग गरुन् त, मान्छे हुन् वाम रुझानका एक स्तरका व्याख्याता नै । त्यसैले कम्युनिष्ट मेनीफेस्टोमा नलेखिएको हिन्दूत्वको बयान उनबाट हुन सक्दैन । हुनुपर्छ भन्नेहरु नै बरु पूर्वाग्रही हुन नि , हैन र?

थोडा बाबुराम काग हुन् र उनी काग काग गरुन् त, मान्छे हुन् वाम रुझानका एक स्तरका व्याख्याता नै । त्यसैले कम्युनिष्ट मेनीफेस्टोमा नलेखिएको हिन्दूत्वको बयान उनबाट हुन सक्दैन ।

हुनुपर्छ भन्नेहरु नै बरु पूर्वाग्रही हुन नि , हैन र?

संसारले भुल्नु हुँदैन र शायदै भुल्ला पनि कि उनी जेएनयुका पिएचडी हुन् ।

जेएनयुले प्रडक्ट गरेका सबै विद्धानहरु कुनै न कुनै रुपले नेपाली टोपी, धोती, नागरिकता बोकेर, यहीँको सुविधा र अधिकार प्रयोग गरेर नेपाल विरोधी कुकर्म गर्ने देशभित्रका खलनायकहरूहुन् ।

उनीहरू दिल्ली दाहिना पारेर ठूला र शक्तिशाली हुन्छन् अनि काठमाडौंको सत्तामा बसेर दिल्लीको सोझो गर्छन् ।

त्यही ड्याङकाबिम्बहुन् केपीओली वा डा बाबुराम र प्रचण्डहरू ।

हिन्दूत्वको बारेमा अहिले आएर किन यस्तो बोला बाबुरामले?

उनले आफ्नो तरिकाले विभिन्न खण्डनबाजी गर्ने स्वभाविक नै भयो ।

तर, यसका सतही कथा प्रसङ्ग भन्दा भित्री पाटाहरु गहिरा र पेचिला छन् ।

उनको हिन्दूविरोधी अभिव्यक्ति नेपालमा हिन्दू राज्य पुर्नस्थापनाको नाममा भइरहेका ‘मुभमेन्ट’हरूलाई निस्तेज पार्न वा त्यसमा थप आगो लगाउन उद्धत छन् ।

आफैलाई गोली हान्न लगाएको आरोपमा थुनामा परेका कट्टर हिन्दूवादी गुरु आचार्य श्रीनिवास वा त्यस्तै उग्रपन्थी हिन्दूवादीहरुलाई बाबुरामको पछिल्लो अभिव्यक्ति जस्तालाई त्यस्तै जवाफ हो ।

किन भने डाक्टर बाबुराम जत्तिका पत्याइएका विद्धानको कुरा समाजले सुन्छ भनेर नै यो हिन्दू विरोधी खेल खेलाइएको छ । उनै डाक्टर सा’बको लोकप्रियताको खलनायकत्वको अभिव्यक्तिमा ।

नाकाबन्दीका बेला ओली कथित राष्टवादी मुकुण्डोमा भारतीय हितैषी देखिए जस्तै अहिले डा. बाबुराम पनि भारतीय ग्रिन सिग्नल बुझेर हिन्दूत्वको विरुद्धमा विषवमन गर्न उभ्याइएका एक मोहरा मात्र हुन्। उनी दक्षिणी चाहना पूरा गर्न नेगेटिभ दिशाबाट भूमिका खेल्न मैदानमा उत्रन तयार छन् भनेर सामान्य कास्टिङ देखाइदिएका छन्, पछिल्लो हिन्दूत्व विरोधी अभिव्यक्तिका साथ । चाहे सत्ता नायक ओली हुन् वा विपक्षी माननीय डा. बाबुराम ।

भर्खरै , खासगरी अस्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका दौरानमा मात्रै लोकले झसङ्ग हुँदै छर्लंग बुझ्यो कि दुई साल अघिको अघोषित भारतीय नाकाबन्दीका घरेलु नायक केपी ओली थिए । तत्कालीन मधेसी दलहरु केवल मोहरा थिए ।

नाकाबन्दीका बेला ओली कथित राष्टवादी मुकुण्डोमा भारतीय हितैषी देखिए जस्तै अहिले डा. बाबुराम पनि भारतीय ग्रिन सिग्नल बुझेर हिन्दूत्वको विरुद्धमा विषवमन गर्न उभ्याइएका एक मोहरा मात्र हुन्। उनी दक्षिणी चाहना पूरा गर्न नेगेटिभ दिशाबाट भूमिका खेल्न मैदानमा उत्रन तयार छन् भनेर सामान्य कास्टिङ देखाइदिएका छन्, पछिल्लो हिन्दूत्व विरोधी अभिव्यक्तिका साथ ।

चाहे सत्ता नायक ओली हुन् वा विपक्षी माननीय डा. बाबुराम ।

यी दुवै नेपाली नेपाली माटोका नेपाली नागरिकताधारी भारतीय सेवक हुन् । उनीहरु ऐन मौकामा जसो जसो भारतीय निर्देशन उसै उसै स्वाहा गर्छन्, बाँकी समय उनीहरु जत्तिको खाँटी राष्टवादी मसिहा अरु कोही हुने छैन । यो त यहाँको चलिआएको रीत हो, हामी सबै ती उनीहरुका पक्षमा थपडी बजाउने रमिते न हौं ।

कथित गोलीकाण्डका नायक श्रीनिवासको जेल संघर्ष, डा. बाबुरामको अभिव्यक्ति तरंग, उस्तै उस्तै विपरीतार्थ अतिवाद हुन् । पक्षपाती वा विरोधी उच्चस्तरका र उग्र हुनु भनेकै उनीरू यो मुद्धालाई महत्व दिइरहेका छन् भन्ने सन्देश हो ।

जुनसुकै तरिकाले होस्, भारत नेपाललाई हिन्दू राष्ट्र मै पुर्नवहाली गराउन चाहन्छ । त्यसका लागि जसरी उसले जनयुद्ध कालमा माओवादीलाई आश्रय र सरकारलाई हतियार दिन्थ्यो, अहिले त्यसलाई हिन्दूत्वको मुद्धामा बदलेको छ ।

अघिल्लो साता गृहमन्त्री बादलले डा. सीकेराउतदेखि विप्लव र हिन्दूवादीहरुलाई चुनौतीका रुपमा पत्रकार सम्मेलन नै गरेर उसै हचुवाका भरमा अथ्र्याएका होइनन् नै ।

गृहमन्त्री हिन्दूवादीलाई व्यवस्थाकै चुनौती मान्ने अनि हिन्दू अतिवादीलाई ढाड्स हुनेगरी अभिव्यक्ति दिने यो श्रृङ्खला सतहमा देखिने जस्तो अति सामान्य अभिव्यक्ति अवश्य होइन नै ।

र, कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर गरेझैं अर्कै प्रसङ्गको कार्यक्रममा डाक्टर बाबुरामले हिन्दू धर्मलाई विकासको वाधक उसै खुट्याएका होइनन् ।

मोदी अघिल्लो महिना जनकपुर आएर काठमाडौं हुदै मुक्तिनाथ जादा स्पष्ट सन्देश दिएर गएका हुन की नेपाल हिन्दू देश बनोस् ।

नेपाल हिन्दूस्तानको धार्मिक गन्तव्य बनोस्, होस् र हो भन्ने मोदी सन्देश दिनको घाम जत्तिकै छर्लंग छ । मोदी स्तरका चतुर नेताले यस्तो कुरा प्रेस रिलिजमा व्यक्त गर्दैनन् ।

आफू तीर्थयात्रीको रुपमा आएको उनको भनाइ नेपाल धार्मिक गन्तव्य होस् भन्ने नै हो । जगजाहेर छ, राष्ट्रिय स्वयंसेवक र विजेपी भारतमा कस्ता शक्ति हुन् र कस्तो कर्म गर्छन् भन्ने स्पष्ट नै छ ।
मोदीले हिन्दूत्वको नेपाली मुभमेन्टलाई बल पुग्ने पृष्ठभूमि तयार गरिदिएर पनि गएका हुन् । उनले आगामी भारतीय चुनाव जित्न यहाँका शक्ति पीठहरुबाट आर्शिवाद लिनु त स्वभाविक भैगयो ।

डा. बाबुरामको यो अभिव्यक्तिले नेपाललाई पुनः हिन्दू राष्ट्रमा फर्काउने अभियानमा कहिँ कतै घात गर्दैन, घाटा पार्दैन । बरु नेगेटिभ सर्पोट नै गर्छ । जसरी तत्कालीन राजा ज्ञानेन्द्रको कफ्र्यूले २०६३ को आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याएर देशलाई गणतन्त्र बनाउन योगदान गरेको थियो, त्यसैगरी हिन्दूत्वको लागि अहिले उल्टो कर्मबाट सुल्टो परिणामका लागि तैनाथ छन, डाक्टर बाबुरामहरु ।

अहिले त्यो मनसुवा पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका मञ्चन गर्ने हो, त्यही एक भूमिकामा डाक्टर बाबुराम देखिएका, देखाइएका मात्रै हुन् । यो नाङ्गो आँखाले नदेखिने यथार्थ हो ।

डा. बाबुरामको यो अभिव्यक्तिले नेपाललाई पुनः हिन्दू राष्ट्रमा फर्काउने अभियानमा कहिँ कतै घात गर्दैन, घाटा पार्दैन । बरु नेगेटिभ सर्पोट नै गर्छ ।

जसरी तत्कालीन राजा ज्ञानेन्द्रको कफ्र्यूले २०६३ को आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याएर देशलाई गणतन्त्र बनाउन योगदान गरेको थियो, त्यसैगरी हिन्दूत्वको लागि अहिले उल्टो कर्मबाट सुल्टो परिणामका लागि तैनाथ छन, डाक्टर बाबुरामहरु ।

तसर्थ असली हिन्दूवादीहरुले बाबुरामको अभिव्यक्तिबाट तर्सिन आवश्यक छैन ।

बरु उनबाट आ–आफ्नो ईमान कसरी देखाउने भनेर सिके हुन्छ ।
असली हिन्दूवादीहरुले बाबुरामलाई गाली नबर्साए हुन्छ । बरु त्यो गाली स्वघोषित हिन्दू धर्मभिरु नक्कली व्यापारीहरुलाई बर्साऊ, जसले राजनीतिक दल वा सामाजिक संस्थाको मुकुण्डो ओढेर हिन्दूत्वलाई मागी खाने भाँडो बनाएका छन् ।

सयौं हिन्दूवादी संस्थाका ब्यानरमा नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भनी आफ्नो दुनो सोझ्याउनेहरु डा. बाबुराम भन्दा खतरनाक हिन्दूत्व विरोधी कुपात्रहरु हुन् ।

हिन्दूत्वको आत्माका कुलनाशक हुन् । कोही कमल थापाको रुपमा उदाए र अस्ताए, कोही विश्वहिन्दू संघ, महासंघको ब्यानरमा छन्, र टाँसिएर रहेका छन्, कोहीश्रीनवासको भेषमा पडकिएर थन्किए ।

वास्तविक हिन्दू विरोधीहरू त्यस्ता पात्र, प्रवृत्ति र संस्थाहरूहुन् ।उनीहरू हिन्दू राज्य पुर्नस्थापनाको ब्यानरमा कमाऊ खेती गरिरहेका छन् । नेपालीहरू जन्मजातै हिन्दूवादी छन्, हुन् । तर, जब उनीहरू कोठे, चोठे र रेष्टुँरे स्तरका कथित हिन्दू मठाधिशहरूकमाउ खेतीमा लिप्त भएको देख्छन्, आफैमा हिन्दूत्वको मागमा मौन बसिदिन्छन् ।

अहिलेसम्म भएको यथार्थ यही हो ।

रु, सरकारलाई एक सुझाव के हो भने यो सरकारले हिम्मत गरोस् कि सर्वमान्य एक विश्व हिन्दू महासंघ बाहेक सबै हिन्दूवादी कमाउ संस्थाहरुलाई प्रतिवन्ध लगाउने आँट गरोस् ।

बरु, सरकारलाई एक सुझाव के हो भने यो सरकारले हिम्मत गरोस् कि सर्वमान्य एक विश्व हिन्दू महासंघ बाहेक सबै हिन्दूवादी कमाउ संस्थाहरुलाई प्रतिवन्ध लगाउने आँट गरोस् ।

एक श्रीनवास आचार्यलाई थुन्नमा भन्दा लेटरप्याड र साइन बोर्डमा सीमित हिन्दूवादी कोठे संघसंस्थालाई समुल अन्त्य गरेर विश्वस्वीकृत सनातन हिन्दूत्वको मर्म स्थापित गर्न यो सरकार लागिजाओस् ।
सरकारले जनमतअनुसार नेपाललाई पुनः हिन्दू राज्यको मान्यता दिने गरी संविधान संशोधन गर्ला भन्ने अनुमान केवल दिवास्वप्न हो ।

विदेश जान, अनुदान ल्याएर परिवार पाल्न र आफ्नो सोझो गर्न बिरालोले मुसो ढुकेझैं ढुक्ने कोठे हिन्दूवादीहरुको बकबकले नेपाल हिन्दू राज्यमा फर्कने कुरा पनि असम्भव नै हो । बरु सम्भव के मात्रै हो भने, डा. बाबुरामहरूको शैलीमा अब अरु राज्यका शक्ति लागे भने विद्रोह र विस्फोटको वातावरण बन्दै जानेछ ।

कमल थापाहरुले सत्तास्वार्थसँग साटेर हिन्दूत्वको राजनीतिक मुद्धालाई जुन रुपमा बिफल पारे, त्यसको लाभ अब काङ्ग्रेसले उठाउन सक्छ, हिन्दूविरोधी आक्रमण बाबुरामकै स्तरमा बढ्दै गएका खण्डमा । वा, हिन्दूत्वको नारामा नयाँ शक्तिको पनि उदय हुन सक्छ ।त्यसैले बरु ताली दिऔं बाबुरामहरुलाई, गाली कमल थापा प्रवृत्तिहरुलाई । होइन र भन्या ? कि कसो हो ?​

कमल थापाहरुले सत्तास्वार्थसँग साटेर हिन्दूत्वको राजनीतिक मुद्धालाई जुन रुपमा बिफल पारे, त्यसको लाभ अब काङ्ग्रेसले उठाउन सक्छ, हिन्दूविरोधी आक्रमण बाबुरामकै स्तरमा बढ्दै गएका खण्डमा । वा, हिन्दूत्वको नारामा नयाँ शक्तिको पनि उदय हुन सक्छ ।

केवी गुरुङ समूहले काङ्ग्रेसमा विपि विचार राष्टिय समाजको व्यानरमा थालेको अभियान वा अन्य स्तरको हिन्दूत्ववादी अभियान त सेलाउने छाँट छैन, सेलाउनै आँटे पनि बाबुरामहरुले आगोमा घिऊ थप्ने नै छन् ।

त्यसैले कमल थापाहरुको हिन्दूत्वको डुबेको राजनीतिक व्यापार होस् वा कोठे हिन्दूवादीको कमाउ खेती वा अतिवादी झुण्डको खेती नफापे पनि नयाँ शिराबाट हिन्दूत्वको मुद्दा त उठ्ठ, बढ्छ नै ।

त्यसैले बरु ताली दिऔं बाबुरामहरुलाई, गाली कमल थापा प्रवृत्तिहरुलाई । होइन र भन्या ? कि कसो हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?