पूर्वी सिरियामा ३८ लडाकू मारिए

बेरुत- इराकको सिमानामा रहेको सिरियाको पूर्वी सीमा क्षेत्रमा गएराति भएको बमबारीमा परि करिब ४० जना लडाकू मारिएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।

यी लडाकूहरु सरकार समर्थित समूहका रहेको बताइएको छ । सिरियाली सरकारआवद्ध सुरक्षामाथि भएको यो एक भयानक आक्रमण भएको बेलायतआवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

दैर इजोर प्रान्तको अल हारी भन्ने स्थानमा सिरियाली लडाकू नभई सरकार समर्थित ३८ विदेशी लडाकू मारिएका सिरियाली सरकारले जानकारी दिएको छ ।

सिरियाली राज्यद्वारा सञ्चालित सञ्चार माध्यमकाअनुसार  इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहले अमेरिका र रुसआवद्ध संयुक्त सेनालाई आक्रमण गरेका थिए । सिरियाली शासक पक्षलाई सहयोग गर्दै आएका अमेरिका र रुसआवद्ध सेनाले आइएसको बलियो प्रभाव रहेको प्रान्तको दैर इजोरको अल हारीमा आइएसविरुद्ध कारबाही चलाउँदै आएका थिए ।

 सिरियाली राज्यद्वारा सञ्चालित सञ्चार माध्यमकाअनुसार  इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहले अमेरिका र रुसआवद्ध संयुक्त सेनालाई आक्रमण गरेका थिए ।

सिरियाली शासक पक्षलाई सहयोग गर्दै आएका अमेरिका र रुसआवद्ध सेनाले आइएसको बलियो प्रभाव रहेको प्रान्तको दैर इजोरको अल हारीमा आइएसविरुद्ध कारबाही चलाउँदै आएका थिए ।

सिरियामा राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सन् २०११ को मार्चबाट आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर गृहयुद्धमा परिणत भयो ।

केही समयपछि गृहयुद्धमा परिणत भएको यहाँको आन्तरिक विद्रोहमा हाल आएर भने अल कायदा, इस्लामिक स्टेट्स्जस्ता आतङ्ककारी समूह हावी हुँदै गएका छन् ।

जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म ४ लाख भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य लाखौँ घाइते भएका छन् ।

त्यसैगरी लाखौँ व्यक्ति आफ्नै देशमा आन्तरिक रुपमा तथा देश बाहिर छिमेकमा पनि शरणार्थी बन्न पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?