सतुवा लुटेरा समातिए

काठमाडौं । राजधानीको टोखानगरपालिका–७ प्रयाशनगरबाट बन्य जडिबुटी सतुवा र नगद छ लाख लुटेर फरार भएका पाँचजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा शंकरापुर नगरपालिका–१ बस्ने शिबबहादुर वस्ताकोटी,लमजुङ राइनस नगरपालिका–१० घर भएका माधव प्रसाद न्यौपाने, स्याङजा चापकोट नगरपालिका–४ बस्ने कृष्ण राज पुरी, चन्द्रकान्त पुरी र रुकुम उत्तरगंगा–६ घर भई काठमाडौं बस्ने गोविन्द मल्ल छन् ।

यही असार २ गते म्याग्दी रघुगंगा गाँउपालिका–६ बस्ने दिपक आचार्यले सतुवा (जंगली जडिबुटी) म्याग्दीबाट काठमाडौं ल्याउँदै गरेको जानकारी पाएपछि ग्राहक बनेर गएका यी पाँचजनाले आचार्यलाई धम्की दिई जडिबुटी सतुवा, नगद ६ लाख, साढे दुई तोला सुनको औँठी र तीन तोलाको सुनको सिक्री लुटपाट गरी फरार भएका थिए । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई राजधानीका विभिन्न स्थानमा लुकिछिपि बसेकको अवस्थामा लुटिएको सतुवा ४५ किलो र लु. ३१ प ४७८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । 
    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?