डा. उपेन्द्र देवकोटाको निधन ! विद्युतीय शवदाह गृहबाट भोलि अन्त्येष्टि गरिने

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ।

पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

बेलायतमा उपचार गराएका डा. देवकोटाले नेपालमा नै देहत्याग गर्ने इच्छा व्यक्त गरेका थिए । बेलायतबाट फर्किएपछि उनी न्यूरो अस्पताल बाँसबासीमा उपचाररत थिए । गत हप्ता मात्रै डा. देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो ।
उनको विद्युतीय शवदाह गृहबाट शवदाह गरिने विज्ञप्तीमा जनाईएको छ । स्वर्गीय डा. देवकोटाको  पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरी छन् । उनको काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

डा उपेन्द्र देवकोटा : ‘आई फिल अमेजिङ’

यसकारण डा. देवकोटाले मृत्युलाई जितिसके …

समाजिक सञ्जाल : जहाँ मृत्युलाई 'सामान्य' बनाईयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?