विराटनगर– करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लेटाङ नगरपालिका–५ खेरुवाका ५० वर्षीय सूर्य राई रहेका छन् । विद्युतीय खम्बाबाट खेतमा झरेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया