चोरी अारोपमा भारतमा ३ जना नेपाली पक्राउ

काठमाडाैं : एक करोड रूपैयाँ बराबरको गहना र नगद चोरेको अारोप लगाउँदै भारतको पुणे प्रहरीले ३ जना नेपालीलार्इ पक्राउ गरेको छ । 

पुणे मिरर अनलार्इनका अनुसार नेपालको स्थायी ठेगाना नखुलेका युवाहरूलार्इ नेपालतर्फ अाउँदै गरेको रेलबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गोविन्द कालु परियारको नाम उल्लेख गरिएको छ । 

पक्राउ परेका नेपालीमाथि पूणेको एक गहना पसलबाट हिराका जवाहरत र नगद रूपैयाँ चोरी गरेको अारोप लागेको छ । चोरी हुनासाथ सर्च अपरेशन शुरू गरिएको र चोरीमा संलग्न भनिएकाहरू नेपाल फर्कन सक्ने भन्दै नेपालको सिमावर्ती क्षेत्रमा चल्ने भारतीय रेलहरूमा निगरानी गरिएको थियो । 

पक्राउ परेका नेपालीबाट चोरीका सामान बरामद भएको र तीनै जनालार्इ पूणे पुलिसको जिम्मा लगार्इएको भारतीय प्रहरी अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?