कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडामा सुरु (फोटो फिचर)

हेटौंडा । ७७ वटा जिल्लाका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आजदेखि हेटौंडामा शुरू भएको छ । ३ दिने भेलाले पार्टी एकतालाई थप मजबुद पार्ने कांग्रेसले दाबी गरेको छ । 

भेलाको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । 

मंगलबार बिहान ११ बजेदेखि शुरू भएको भेलामा आगामी महाधिवेशन, पार्टीको विधान संशोधन, संगठन र वर्तमान राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

बुधबारदेखि बन्दसत्र शुरू हुने र सो बन्दसत्रमा सबै जिल्लाका सभापतिहरूले आफ्नो जिल्लाको रिपोर्टिङ गर्ने कार्यक्रम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?