मलेसियाको रोजगारीका लागि श्रम स्वीकृति खुला गरिँदै

काठमाडाैं : सरकारले मलेसियामा रोजगारीका लागि जान चाहने कामदारका लागि अाज (बिहिबार) अन्तिम श्रम स्वीकृति खुला गर्दैछ । 

कामदारबाट चर्को शुल्क उठाएर ठगी गर्ने विभिन्न संस्थालार्इ खारेज गर्ने क्रममा सरकारले मलेसिया जाने कामदारका लागि पूर्व र अन्तिम श्रम स्वीकृतिको प्रकृया बन्द गरेको थियो ।

अावश्यक सम्पूर्ण प्रकृया पुरा गरेर अन्तिम श्रम स्वीकृतिका श्रम कार्यालय ताहाचलमा निवेदन दिएका कामदारहरूको निवेदन मूल्यांकन गरि श्रम स्वीकृति प्रदान गरिने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम र अन्य अावश्यक प्रकृया पुरा गरेका श्रमिकलार्इ मात्र अन्तिम श्रम स्वीकृति दिर्इने भएको छ । तर, श्रमिक ठगीमा संलग्न काठमाडाैंस्थित मलेसियाका संस्थाहरू बन्द भएकोले यसबारे त्यहाँको सरकारको अाधिकारिक धारणा अाएपछि मात्र पूर्व श्रम स्वीकृति दिने मन्त्रालयस्रोतले जानकारी दियो । 

मलेसियामा रोजगारीका लागि जाने कामदारसँग २० हजार हाराहारीमा रकम असुल गर्ने बायोमेट्रिक, मार्इग्राम्स, भीएलएन, वानस्टप सेन्टर र अोएसीलगायत संस्थाको दर्ता नै खारेज गर्ने नेपाल सरकारको निर्णयसँगै पछिल्लो पटक रोजगारीका लागि मलेसिया जाने प्रकृया बन्द भएको थियो ।

गत साउनदेखि जेठसम्म १ लाख ६० हजार नेपाली युवाहरू रोजगारीका लागि मलेसिया गरेको तथ्यांक छ । गत महिनामात्र करिब १२ हजार युवाले मलेसियामा रोजगारीका लागि श्रम स्वीकृतिको अावदेन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?