नेकपाले गठन गर्‍ यो प्रादेशिक मामिला हेर्ने विभाग (सूचि सहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पहिलोपटक प्रादेशिक मामिला हेर्ने छुट्टै विभाग गठन गरेको छ । नेकपाको नियमावलीमा प्रस्ताव गरिएका ३२ विभागमध्ये प्रादेशिक मामिला विभाग पनि थपिएको छ । 

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार प्रदेश कमिटीको नेतृत्व स्थायी कमिटी सदस्यले गर्ने भए पनि प्रादेशिक मामिला हेर्ने अलग्गै विभाग बनाउन लागेको बताए । 
प्रस्तावित अन्य ३२ विभागहरु अधिकांश नेपाल सरकारका मन्त्रालयहरुसँग सम्बन्धित छन् । 

विषयगत मन्त्रालयहरुसँग सम्बन्धित विभागमा प्रमुख, उपप्रमुख, सचिव र ३५ सदस्य रहने प्रस्ताव गरिएको छ । प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीबाट हुनेछन् भने सचिव सदस्यहरुबाट निर्वाचित हुनेछन् ।

यी हुन् नेकपाका प्रस्तावित विभागहरुः

१. अर्थ तथा योजना विभाग
२. उद्योग तथा वाणिज्य विभाग
३. उपभोक्ता हित, आपूर्ति तथा सुशासन विभाग
४. कृषि तथा भूमिसुधार विभाग
५. कोष तथा आर्थिक व्यवस्थापन विभाग
६. खानेपानी तथा सरसफाइ विभाग
७. जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग
८. निर्वाचन विभाग
९. न्याय, कानुन तथा मानव अधिकार विभाग
१०. पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग
११. प्रचार तथा प्रकाशन विभाग
१२. प्रादेशिक मामला विभाग
१३. पार्टी स्कुल विभाग
१४. पुस्तकालय तथा अभिलेख विभाग
१५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१६. युवा तथा खेलकुद विभाग
१७. राजकीय मामला विभाग
१८. राष्ट्रिय हित प्रवर्द्धन विभाग
१९. वन तथा वातावरण विभाग
२०. विज्ञान तथा प्रविधि विभाग
२१. वैदेशिक मामला विभाग
२२. शिक्षा तथा मानवस्रोत विभाग
२३. श्रम तथा रोजगार विभाग
२४. संगठन विभाग
२५. संघीय संसदीय विभाग
२६. समाज कल्याण विभाग
२७. सहकारी तथा गरिबी निवारण विभाग
२८. सहरी विकास विभाग
२९. सामान्य प्रशासन विभाग
३०. साहित्य, कला तथा संस्कृति विभाग
३१. स्थानीय तह विभाग
३२. स्वास्थ्य तथा जनसंख्या विभाग
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?