श्रम सम्झौतमा हस्ताक्षर बिना नेपाली कामदार मलेसिया पठाउँदैनौं : सरकार

काठमाडौं । श्रम सम्झौतामा हस्ताक्षर नभएसम्म नेपाली कामदार मलेसिया नपठाउने गृहकार्यमा सरकार जुटेको छ । 

पटक–पटक छलफल भएपनि टुंगोमा पुग्न नसकेको मलेसियासँगको श्रम सम्झौतामा अब हस्ताक्षर नभएसम्म नेपाली कामदार मलेसिया नपाठनउने आन्तरिक गृहकार्यमा सरकार जुटेको हो । यद्यपी अन्तिम स्वीकृतिको प्रक्रियामा रहेका कामदारहरुको हकमा भने विशेष निर्णय गर्ने योजना बनाइएको छ । 

चर्को शुल्क उठाएर ठगी गर्ने विभिन्न संस्थालाई खारेज गर्ने क्रममा सरकारले मलेसिया जाने कामदारका लागि पूर्व र अन्तिम श्रम स्वीकृतिको प्रकृया बन्द गरेको थियो ।

मलेसियासँग श्रम सम्झौताकै ‘नेगोसियसन’ गर्ने आन्तरिक तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दियो । विज्ञहरूले श्रम सम्झौता टुंगोमा पुर्याउन माग गरिरहेका छन् ।

मलेसियासँग पटक–पटक श्रम सम्झौताका लागि छलफल भएका छन् । सम्झौताका लागि नेपालले राखेका विभिन्न मागमा मलेसिया सरकारले उदाशीनता देखाउँदै आएको छ । 

कामदारको हितमा रहने गरी श्रम सम्झौता गर्ने सरकारको अडानमा मलेसिया सरकारले पूर्णसहमति जनाइसकेको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?