पाठ्यक्रम विकास केन्द्रलाई नेविसंघको क्याल्कुलेटर उपहार

काठमाडौँ । शिक्षा,प्रविधि तथा विज्ञान मन्त्रालय अन्तर्गतको पाठ्यक्रम प्रारुप २०७५ लाई लिएर नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।

विद्यालय शिक्षा अन्तर्गत कक्षा ११ र १२ को विज्ञान समूहको पाठ्यक्रममा भौतिक शास्त्र, रसायनशास्त्र, गणितलाई अनिवार्य नगरिदा शिक्षामा अझै व्यवहारिकता नहुने भन्दै नविसंघले आपत्ति जनाएको हो ।

नेविसंघ महामन्त्री कुन्दरराज काप्लेको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ “संसारमा  कक्षा १२ सम्म अधिकांश देशमा आधारभूत विज्ञानका विषय अर्थात् भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान र गणित पढाइन्छ ।

तर प्रस्तावित नयाँ पाठ्यक्रमले रसायनशास्त्रको ठाउँमा विद्यार्थीले भुगर्भशास्त्र र खगोलविज्ञान पढ्न पाउने व्यवस्थागर्नु वैज्ञानिक शिक्षालाई जोड नदिनु हो ।”

पाठ्यक्रम विकाश केन्द्रका निर्देशक कृष्ण काप्रीलाई ध्यानकार्षणसहित ज्ञापनपत्र र संकेतिक विरोधस्वरुपमा क्याल्कुलेटर उपहार दिदै महामन्त्री काफ्लेले भने, “अहिलेकै अवस्थामा पाठ्यक्रम लागू गर्ने हो भने एकपटक सरोकारवालाहरुबिच विज्ञसहितको छलफल हुन जरुरी छ ।”

ज्ञापनपत्र बुझउने कार्यक्रममा नेविसंघ उपाध्यक्ष नविन राई लगायतको नेविसंघ नेता कार्याकर्ताको उपस्थिती थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?