जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिश

काठमाडौँ । न्याय परिषद्को आजको बैठकले न्याय सेवाका २२ कर्मचारीलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

परिषद्का सचिव नृपध्वज निरौलाले बैठकले सरकारी वकिलबाट पाँच, न्याय सेवाबाट १४ र कानूनबाट तीन जनाको नाम न्यायाधीशमा सिफारिस गरेको तथा केही न्यायाधीशविरुद्ध परेका केही उजुरी सार्वजनिक गर्ने निर्णयसमेत गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?