चीनको भ्रमणमा रहेका प्रम ओली रात्रिभोजमा

बेजिङ, चीन । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा चिनियाँ समकक्षी लि खछ्याङले आज ग्रेट हल अफ द पिपलको वेष्ट हलमा रात्रिभोजको आयोजना गरेका छन् ।

सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो । प्रधानमन्त्री ओली शुक्रबार बिहान चीनको स्वशासित प्रदेश ल्हासा प्रस्थान गर्ने कार्यक्रम छ । ल्हासामा उहाँले नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?