कांग्रेस जिल्ला सभापति भेलाको हेटौंडा घोषणा

हेटौंडा । मंगलबारदेखि सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडा घोषणा पत्र जारी गर्दै शुक्रबार सकिँदैछ । 

भेलामा बिहीबारसम्म ७१ औं सभापतिले बोलेपछि बोल्नेक्रम सकिएको हो ।

नेताहरुले जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई जुनसुकै हालतमा एक भएर जिल्ला जिल्लामा संगठन परिचालनको वातावरण बनाउन सुझाएका छन् ।

शुक्रबार नेतृत्वलाई विभिन्न सुझाव सहित हेटौंडा घोषणा पत्र जारी गर्ने तयारी भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

प्रवक्ता शर्माका अनुसार पार्टी रुपान्तरणको संकल्पसहितको घोषणा पत्र जारी गर्दै भेला सकिने जानकारी दिए । ‘घोषणा पत्रमा पार्टीभित्र अनुशासन कसरी कायम गर्ने, केन्द्र तथा स्थानीय तहमा प्रतिपक्षीका रुपमा कसरी प्रस्तुत हुने भन्नेलगायत विषय समेटिने छ’ शर्मामाले भने । भेलाले पार्टीलाई संघीय ढाँचामा लैजान र विधिपूर्वक विधान पारित गराउन सुझावसमेत दिएको शर्माको भनाइ छ ।  

त्यस्तै पार्टी नेतृत्वको कार्यशैलीले कांग्रेसको अस्तित्व नै खतरामा परेको भन्दै जिल्ला सभापतिहरुले आलोचना गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?