साढे ३३ केजी सुन प्रकरण : ‘लेवल थ्री’ रेष्टुरेन्टका सञ्चालक अकवर शाह पक्राउ

काठमाडौँ । साढे ३३ केजी सुन तस्करी र विराटनगरका सनम शाक्य हत्या काण्डमा ‘लेवल थ्री’ रेष्टुरेन्टका सञ्चालक अकवर शाह पक्राउ परेका छन् । 

सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा  लिइएको हो । शाहले ३३ किलो सुन तस्करीमा आफू संलग्न नरहेको तर छिरीङसँग मिलेर सुनको अबैध कारोबार गरेको बयान दिएका छन् ।

छिरिङसँगको साझेदारीमा पटक–पटक सुन तस्करी गर्दै आएका शाहलाई बिहीबार नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको सुन तस्करी तथा सनम हत्या अनुसन्धान गर्न गठित समितिले जनाएको छ । ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको रेष्टुरेण्ट अकबरले नै सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको छ । 

अकवर शाह सञ्चार उद्यमी जमिम शाहका नाता पर्ने बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?