डा. देवकोटाको निधनको चौथो दिन : मेडिकल कलेजमा श्रद्धाञ्जली सभा

काठमाडौं । एसियाकै चर्चित वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको चौथो दिन नेपाल मेडिकल कलेज जोरपाटीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।  

क्यासन्सरबाट पीडित डाक्टर देवकोटाको गत सोमबार निधन भएको थियो ।

बिहीवार साँझ कलेजमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा चिकित्सकहरुले देवकोटाले नेपालको चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको सम्झना गरे । 

नेपाल मेडिकल कलेजका अध्यक्ष डा. भोला रिजालले भने, ‘डा देवकोटाको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको छ ।’ 

डा देवकोटाले चिकित्सा सेवामा रहेर ३० हजार बढी बिरामीको स्वास्थ्य उपचार गरेका थिए । डा. देवकोटा एसियाकै चर्चित न्यूरो सर्जनमा चिनिन्छन् । 

देवकोटाको सम्झनामा चिकित्सकहरुले एक मिनेट मौन धारण पनि गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?