सलमान खानको ‘रिजेक्ट’ ले अजय देवगनलाई फाइदा

मुम्बई । बलिउडमा दमदार अभिनय गर्ने अभिनेता अजय देवगन केही वर्षयता निकै हिट छन् । उनी अभिनित प्रायः फिल्म पछिल्ला वर्ष हिट छन् । अब उनी भने अर्का फिल्मकर्मी बोनी कपूरको क्याम्पमा पनि इन्ट्री भएका छन् ।

अजय देवगनले बोनी कपूरसँग मिलेर अब एक वायोपिक फिल्म गर्ने फैसला गरेका छन् ।

हुन त बोनी कपूरले सलमान खानलाई खेलाउन लामो समय प्रतीक्षा पनि गरेका थिए । तर, सलमान खानले यो फिल्मको सिक्वेललाई रिजेक्ट गरे । उता बोनीले यो प्रोजेक्ट अहिलेका लागि थाँती राख्दै नयाँ प्रोजेक्ट थालेका छन् । उक्त फिल्ममा अजय देवगन हुनेछन् भने यो फिल्म थ्रीडीमा समेत हुनेछ ।

पहिले यो फिल्म २०१९ मै रिलिज हुने भनिएको थियो तर अब कहिले गर्ने भन्ने पनि पक्का भइसकेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?