प्रधानमन्त्री ओली लिपुलेकबारे बोल्न डराए : सीमाविद् श्रेष्ठ

चीन भ्रमणका क्रममा लिपुलेक र विवादित तथा मिचिएको भूमिका विषयमा कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली डराएका छन् । 

लोकपथ टेलिभिजनसँग कुराकानी गर्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा मिचिएको भूमिको बारेमा कहीँकतै कुरा नउठाएको र यसपाली चीन भ्रमणमा लिपुलेक लगायतका भूमिको कुरा उच्चारणसम्म नगरेकाले आफूलाई राष्ट्रवादी भन्ने प्रधानमन्त्री ओली दुई छिमेकीसँग डराएको बताएका हुन् ।

उनी भन्छन्, “हामीलाई केही अप्ठेरो पर्छ कि, छिमेकी रिसाउँदा हामीलाई आघात पर्ला कि, हाम्रो कुर्सी ढलमल हुन्छ कि आदि इत्यादि कारणले गर्दा सबै मौन रहनुहुन्छ ।”

भारतसँग सीमाको विषयमा हुने वादविवादका कारण ६०६ वर्ग किलो मिटर जमिन विवादमा भएको भन्दै श्रेष्ठले थपे, “यो विवाद बढ्दै गयो र भोलि १०,००० वर्ग किमि मा दावा विरोध भयो भने नेपालको ३ करोड जनसङ्ख्यामध्ये १ करोड भारतीय बासिन्दामा परिणत हुन्छन् ।”

नेपाल–भारत सीमा विवाद प्रधानमन्त्रीको  किल्किलेमा कण्ठ हुँदापनि नेपाली जनताको आशालाई तोडेर प्रधानमन्त्रीले आफ्नो दुनो सोझ्याउने प्रयास गरेको उनको भनाई छ ।

नेपाल–भारत सीमा विवाद प्रधानमन्त्रीको  किल्किलेमा कण्ठ हुँदापनि नेपाली जनताको आशालाई तोडेर प्रधानमन्त्रीले आफ्नो दुनो सोझ्याउने प्रयास गरेको उनको भनाई छ ।

सीमाविद् श्रेष्ठले भने, “बढी प्रभावित क्षेत्र कालापानी, लिम्पियाधुरा, लिपुलेक हुन् जसमा एकमुष्ट ३७० वर्ग किमि, नवलपरासीको सुस्ता क्षेत्रमा एकै चक्ला १४५ वर्ग किमि साथै ६९ ठाउँका ९ वर्ग किमि अतिक्रमण भएका छन् ।” यद्यपी लिपुलेक र चीनले मिचेको नेपाली भूमिको विषयमा प्रधानमन्त्री ओलीले यो भ्रमणमा पनि मौनता साँधेका छन् । 

नेपालको ७७ जिल्लामध्ये २८ जिल्ला भारतसँग जोडिएको छ जसमा २५ वटा जिल्ला सीमा विवादमा परेका छन् ।

यद्दपी प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा समकक्षी मोदीसँग वान टु वान वार्तामा  पनि यो विषय  उठाएनन् ।

दुई छिमेकी मुलुकले आफूलाई शक्तिशाली देखाउनको लागि पटकपटक नेपालको भूमिमा आँखा गाड्दै आएको छ  । सीमाविद् श्रेष्ठले भने, “बढी प्रभावित क्षेत्र कालापानी, लिम्पियाधुरा, लिपुलेक हुन् जसमा एकमुष्ट ३७० वर्ग किमि, नवलपरासीको सुस्ता क्षेत्रमा एकै चक्ला १४५ वर्ग किमि साथै ६९ ठाउँका ९ वर्ग किमि अतिक्रमण भएका छन् ।”  तर लिपुलेक र चीनले मिचेको नेपाली भूमिको विषयमा प्रधानमन्त्री ओलीले यो भ्रमणमा पनि मौनता साँधेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?