काठमाडौँ, २६ असोज – परराष्ट्र मन्त्रालयले गत आव २०७३÷०७४ का महत्वपूर्ण कूटनीतिक घटनाक्रम तथा मन्त्रालयले गरेका महत्वपूर्ण गतिविधि समेटिएको वार्षिक प्रतिवेदनको अनलाइन संस्करण आज सार्वजनिक गरेको छ ।उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज उक्त प्रतिवेदन सार्वजनिक गर्दै कूटनीतिक क्षेत्रमा भएको महत्वपूर्ण घटनाक्रमलाई अभिलेखका रुपमा राख्नुपर्ने बताउँदै प्रतिवेदन भावी पुस्ताका लागि महत्वपूर्ण सामग्री हुने बताए |सो अवसरमा परराष्ट्र सचिव शंकरदास वैरागीले मन्त्रालयअन्तर्गतका विभाग तथा नियोगको वार्षिक गतिविधिलाई उक्त प्रतिवेदनमा अभिलेख गरिएको जानकारी दिए । प्रतिवेदनमा १२ छुट्टाछुट्टै शीर्षकमा नेपालको कूटनीतिक सम्बन्ध तथा कन्सुलर क्रियाकलापसमेतका विषय उल्लेख गरिएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया