कवाडी संकलनको नाममा लाखौको चोरी, दुई विहारी नियन्त्रणमा

काठमाडौं । भारतको विहार मोतिहारी र समस्तीपुरबाट लुटपाट गर्ने योजना सहित काठमाडौं प्रवेश गरेका दुई लुटेरालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । 

यी दुईजना ‘कवाडी’ सामान संकलन गर्ने वहानामा घर–घर चेहार्ने गर्छन, अपराध महाशाखाका प्रवक्ता एस्पी नरेन्द्र उप्रेतीले भने–कोही नभएको मौका छोपि घरको झ्याल ढोका फोडेर चोरी गर्छन

पक्राउ पर्नेमा भारत मोतिहारी गुम्ती थानाका १९ वर्षीय करण पोदार र १७ वर्षीय सुरज पोदार छन् ।  विशेष सुराकी आधार प्रहरीले उनीहरुलाई चोर्दाचोर्दै डल्लुबाट पक्राउ गरेको हो । 

यी दुईजनाले डल्लु आवास गृहमा रहेको सोनी श्रेष्ठको घरमा कोही नभएको मौका छोपि मूलढोका फोडी ३१ लाख ३३ हजार मूल्य बराबरको सुन चाँदी तथा हिरामोतिका गरगहना तथा नगद चोरी गरेका थिए । 

पीडित घरधनी सोनीका अनुसार, यिनीहरु चोरी गर्नुभन्दा केही दिन अगाडि सो घरमा कवाडी सामान सकंलन गर्न गएका थिए । 

पक्राउ पोदार दाजुभाइको साथबाट ७२ हजार ४४२ नगद, ११ सय ३५ युएस डलर, हिराको औंठी दुईथान, मोतिमाला तीन थान, चाँदीका कल्ली, वाला, क्यानेडियन डलर, लगायत विभिन्न बहुमूल्य सामाग्रीहरु बरामद गरेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?