यस्तो छ ‘मिस्टर भर्जिन’ को टिजर (भिडियो)

काठमाडौं । चलचित्र मिस्टर भर्जिनको टिजर सार्वजनिक भएको छ । युट्युबमार्फत फिल्म युनिटले टिजर सार्वजनिक गरेको हो ।

१ मिनेट २६ मिनेट लामो टिजरमा यौनलाई प्राथमिकतामा राखेर प्रस्तुत गर्न खोजिएको छ । टिजरमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल‌, रविन्द्र झा लगायतलाई देखाइएको छ । फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।

यो फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन र मिलन डी काप्रीको सम्पादन रहेको छ ।

आउँदो भदौ १ गतेबाट देशभर रिलिज हुने भनिएको फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति शिवाकोटी? मुकेश रेग्मी, विशारद बस्नेतले लगानी गरेका छन् । त्यस्तै सह–निर्मातामा सन्दीप उप्रेती रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?