तमाम विवादका बीच मिथुन चक्रवर्तीका छोराले गर्दैछन् बिहे

मुम्बई । फिल्म अभिनेता मिथुन चक्रवर्तीका छोरा मिमोहको बिहे अभिनेत्री मदालसा शर्मासँग ७ जुलाईमा तय भएको थियो । अचानक बिहेको कुरा बिथोलियो । किनकि, एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाइन् ।

रेप, अर्बोसन र धम्कीजस्ता आरोपमा उनीमाथि मुद्दा परे । उनकी आमा योगिता बालीमाथि पनि धम्की दिएको आरोप लाग्यो । जसकारण, बिहे नै स–यो ।

सूत्रका अनुसार मदालसाकी आमा भने यी कुराबाट खासै प्रभावित भइनन् । उनले सच्चाई के हो भन्ने जानेकाले यस्ता कुराको पछि नलागेको बताइन् ।

बरु मिथुन चक्रवर्तीले यो बिहे रोक्न सक्थे तर अब १० जुलाई अर्थात् आज नै बिहे हुने भएको  छ । बिहेमा एकदमै कम व्यक्ति मात्र उपस्थित हुनेछन् ।

भारतीय समाचार माध्यमलाई आधार मान्ने हो भने मिथुनका छोरा र मदालसाको रजिस्टर्ड म्यारिज भइसकेको छ । आज यी दुईको रिवाजका अनुसार बिहे हुँदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?