ठमेलबाट सट्टा बाजी पक्राउ

काठमाडौं । रुसमा जारी विश्वकप फुटवल प्रतियोगितामा नगदको हारजित गरी सट्टेवाज लगाउते तीनजना ठमेलबाट पक्राउ परेका छन् । 

समूह बनाई विभिन्न व्यक्तिहरुसँग नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई  पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको हो । 

पक्राउ पर्नेहरुमा मनाङ निसाङ गाँउपालिका ७ का घरहाल म्हेपी बस्ने ४२ वर्षीय मुखिया लामा, स्याङजा वालिङ नगरपालिका ३ घरभई हाल बालुवाटार बस्ने २४ वर्षीय सुवास गुरुङ र पकनाजोल बस्ने ३३ वर्षीय मुखिया गुरुङ छन् ।  

उनीहरुलाई प्रहरीले ठमेलको ज्याठाबाट नगद ४ लाख सट्टा बाजी गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?