जनकपुर–जयनगर रेलमार्ग सञ्चालनमा आउँदै

काठमाडौं । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनमा आउने भएको छ । 

मंगलबार सम्पन्न भएको भारत–नेपालका अधिकारीहरुको बैठकमा भारतले रेलको डिब्बा भाडामा उपलब्ध गराउने र जनशक्ति पनि दिने सहमति भएको छ । 

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार नेपालमा रेलको डिब्बा र रेल चलाउने दक्ष जनशक्ति नभएका कारण भारतबाट भाडामा ल्याउनु परेको बताए । 

बैठकमा भारतीय पक्षले रेलको डिब्बा र जनशक्ति उपलब्ध गराएपनि सञ्चालनमा सम्पूर्ण अधिकार नेपालकै हुनेछ । साथै रेलको रङ नेपालकै अनुसार हुने र रेलमा नेपालकै झण्डा राखेर सञ्चालमा हुने बताए ।

जनकपुर–जयनगर रेलमार्ग आगामी डिसेम्बरदेखि सञ्चालनमा आउने रेल विभागले जनाएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?