काठमाडौं आइपुग्यो चीनलाई उपहारस्वरुप दिइने एक जोडी गैंडा

काठमाडौं । नेपालले चीनलाई उपहारस्वरुप दिन लागेको एक जोडी गैंडा काठमाडौं आइपुगेको छ । 

मंगलबार चितवनबाट ना ५ ख ७९९८ र ना ७ ख १२७० नम्बरको दुई वटा ट्रकमा गैंडालाई काठमाडौं ल्याइएको हो । 

काठमाडौं ल्याइएको गैंडा सातदोबाटो स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । 

ती गैंडालाई बिहिबार विमानमा राखेर चीन पठाइनेछ  ।

दुई वर्षअघि नेपालले चीनलाई एकसिङे गैंडा उपहार दिने घोषणा अनुसार पठाइन लागेको हो । 

दुई जोडी गैंडा दिने भनिएकोमा पहिलो चरणमा भाले (भद्र) र पोथी (रुपसी) गैंडालाई चीन पठाउन लागिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?