राप्रपाको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न

स्थानीय तह र प्रदेश अधिवेशन गर्ने ७ बुँदे निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा हिजोबाट प्रारम्भ भएको पार्टीको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठक आज समापन भएको छ । 

उक्त बैठकले आगामी मंसिर मसान्तसम्म ५० हजार सक्रिय सदस्य थप्ने,  स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन गर्ने ७ बुँदे निर्णय गरेको प्रवक्ता भूवन पाठकले जानकारी दिए । 

बैठकका ७ निर्णय 

१. मंसिर मसान्तसम्म नयाँ थप ५०,०००।– सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने । 
२. चैत्र मसान्तभित्र प्रदेश अधिबेशन सम्पन्न गर्ने ।
३. पुस मसान्तभित्र गाउँ/नगरपालिकाको वडा तहसम्म कार्य समिति गठन र पुर्नगठन गर्ने ।
४. भाद्र १५ भित्र प्रदेश स्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने ।
५. पुस मसान्तभित्र संयोजित संगठनहरुको गाउँ तहसम्म कार्य समिति गठन गर्ने ।
६. श्रावण महिनाभित्र हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियानको प्रदेश स्तरीय कार्यक्रमको शुभारम्भ गर्ने ।
७. चैत्र मसान्तभित्र संयोजित संगठनहरुको केन्द्रीय महाधिबेशन सम्पन्न गर्ने ।

Leave a comment