सामाजिक सञ्जालमा पानी जहाजबारे स्टाटस राख्नेलाई कारबाही हुने

काठमाडौं । सामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही हुने भएको छ । 

भक्तपुरका जनताहरु बाढीको पीडामा अलमलि रहेका छन् । तर, सामाजिक सञ्जालमा बाढीको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नुपर्छ । 

यो भनाइ संसदमा विशेष समयमा बोलेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतको हो । भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए ।

बस्नेतले सामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न माग गरेका छन् । उनले भने ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।’

यसवर्ष भक्तपुर निकै पीडामा रहेको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?