न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल, नेपाली युवा वैज्ञानिक थापाको नयाँ नियम स्विकृत

काठमाडौं । नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउँदा पनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै उनले सरकारको तर्फबाट आफ्नो अभियान प्रति चासो नरहेको गुनासो पोखे । उनले करिब दूई वर्ष पहिले रिपोर्टर्स क्लबमै आएर पत्रकार सम्मेलन गरि न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको दाबी गरेका थिए । तर नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यस प्रति चासो नलिएको सुनाए ।

उनका अनुसार ‘‘कुनै दुई वस्तु सम्पर्कमा रहँदा दिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’’ उनको यो सिद्धान्तलाई अष्ट्रियाको भियनामा कन्फेरेन्स सिरिजद्वारा आयोजित हालै सम्पन्न भएको एगचभ बलम ब्उउष्भिम एजथकष्अक द्दण्ज्ञड नामक सम्मेलनमा आफ्नो नयाँ सिद्धान्त स्विकार भएको थापाको दाबी छ । 

आफूले प्रतिपादन गरेको नयाँ सिद्धान्तले नेपाललाई विश्व सामू चिनाउन सफल भएको पनि उनको जिकिर छ । आफूलाई यस्तो अवस्थामा नेपाल सरकारको तर्फबाट भने अलि कति पनि सहयोग नपाएको थापाले बताए ।

युवा वैज्ञानिक थापाले भने, ‘मेरो यो अभियानलाई अन्तर्राष्ट्रिय जगतले सहयोग गरेको छ । तर, मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढकढकाउँदा पनि बेवास्ता गर्यो । मेरो यो गूनासो शिक्षा मन्त्री समक्ष पनि पुगेको छ, तर कोष नभएर विषय दिन नसकेको भनेर सहयोग पाईन्, एकदमै दुःख लागेको छ ।’

थापाले अघि थपे, ‘मैले करिब दूई वर्ष अघिदेखि अनुसन्धान जारी राखेको थिएँ र पहुँच भएको मान्छे बाटै सहयोग भएन र पूर्ण रुपमा सफल भएन । र घरबाट बसेर मिडियाको सहयोग लिनु पर्यो ।’

नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनि प्रतिपादन गर्ने नयाँ घोषणा गरे । यसै क्रममा प्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउन खोजेको बताउँदै यसको निम्ति सरकार लगायत विभिन्न व्यक्ति, संघ तथा संस्था समक्ष सहयोगको अपिल गरेका छन् ।

यसैक्रममा राजकुमार थापाका सहयोगि मोहन विकले देशको विकासका लागि परेका यस्ता पहुँचलाई सरकारले सहयोगको वातावरण सिर्जना गर्नु पर्ने बताए । उनले भने, ‘नेपाललाई नयाँमोड र सिद्धान्त दिने यस्तो सिर्जन शिल युवा वैज्ञानिकलाई सरकारले सहयोग गर्नुपर्छ, अनि मात्र विश्वमा चिनाउन सक्छ ।

त्यसैगरी राष्ट्रवादी विद्यार्थी संघका सचिव अनिल थारुले सरकारको पर्याप्त सहयोगको अभावले वैज्ञानिक विद्यार्थीहरु भविष्य नभएर विदेशिनु पर्ने वातावरण भएको बताए । यसको लागिउनले सरकारलाई दबाब दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?