काठमाडौँलाई कुरुप बनाएको आरोपमा ३ जना नियन्त्रणमा

काठमाडौँ । जथाभावी तार टाँगेर काठमाडौँ सहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक, भायोनेट र नेट म्याक्सका कर्मचारीलाई काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ । 

आज काठमाडौँ महानगरपालिका १६ ले तीन वटा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिई अबदेखि यस्तो क्रियाकलाप नदोहोर्याउन निर्देशन दिएको हो।

यी कम्पनीहरुले आफ्नो सेवा दिन तार जडान गर्ने क्रममा अरू कम्पनीको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर शहरलाई कुरुप र जोखिमपूर्ण बनाएको भन्दै तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई सम्झाईबुझाई गरिएको छ । 

बालाजु बाइपास क्षेत्रमा तारको काम गरिरहेको बेला कामपा–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निर्देशनमा प्रतिनिधिमूलक  यसरी नियन्त्रणमा लिइएका कर्मचारी वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?