धावनमार्गमा चिरा पर्यो

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दक्षिणी भागमा चिरा परेपछि  उडान तथा अवतरण अवरुद्ध भएको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार करिब ४५ मिनेट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र अवतरण अवरुद्ध भएको हो। 

३ बजेको फ्लाइटमा नेपालगञ्जबाट काठमाडौं उडेका शिक्षामन्त्री गिरिराजमणि पोखरेल सवार विमान पनि झण्डै एक घन्टा आकासमै घुमेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?