ट्वीटरले बन्द गर्‍यो सात करोडभन्दा बढी फेक खाता

अमेरिका । सामाजिक मिडिया साइट ट्वीटरले मे र जुनमा सात करोडभन्दा बढी फेक खाता बन्द गरिदियो । अहिले फेरि झण्डै दश लाख ट्वीटरमा फेक खाता बन्द गरिदिएको छ ।

योसँगै ट्वीटर प्रयोगकर्ता प्रभावित हुने समेत देखिएको छ । विश्वभरमा ट्वीटरमा ३३ करोड प्रयोगकर्ता छन् । फेक खाता बन्द भएपछि यसको प्रयोगकर्ता घट्ने आशंका गरिएको छ ।

वासिङ्टन पोस्टका अनुुसार अक्टोबरपछि फेक खाता बन्द गर्ने काम अझै बढाइएको छ । ट्वीटरले अमेरिकी कांग्रेसलाई भनेको थियो कि, फेक खाताले सन् २०१६ मा भएको अमेरिकी चुनाव प्रभावित गर्न खोजेको थियो ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार फेक खाताबाट झुठा र सनसनीपूर्ण समाचार फैलाउने गरिन्थ्यो । ती सबैलाई ट्वीटर हटाउन थालेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?