इन्टरनेट चलाउने बाहेक वाइफाइले गर्छ अरु ६ काम

अहिले प्रायको मोबाइलमा वाइफाइ हुने गर्छ । चाहे ल्यापटप होस् या ट्याबलेट, वाइफाइकै माध्यमबाट इन्टरनेट चलाइन्छ । तर धेरैलाई थाहा हुँदैन कि, वाइफाइको काम इन्टरनेट चलाउने मात्र हुँदैन ।

धेरैलाई थाहा हुँदैन तर, स्यामसुङले गुगल प्लेका माध्यमबाट वाइफाइ शेयर गरेर डिभाइसका माध्यमबाट अन्य डिभाइसमा म्युजिक प्ले गर्न र शेयर गर्न सक्छन् । तर, सबै फाइल एकै नेटवर्कसँग जोडिएको हुनुप–यो । त्यसका लागि तपाईंले एक एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

वाइफाइकै माध्यमबाट तपाईंले मल्टिपल मोनिटर चलाउन सक्नुहुन्छ । वाइफाइका माध्यमबाट कम्युटरको मोनिटर शेयर गर्न सकिन्छ । डिभाइस र वाइफाइका माध्यमबाट मोबाइलबाट कम्प्युटरको स्क्रिनमा पनि हेर्न सकिन्छ । तर यसका लागि दुवैतिर वाइफाइ भने हुनुपर्छ ।

यसका लागि कम्युटरमा अडिसनल सर्भर सफ्टवेयर इन्स्टल गर्नुपर्ने हुन्छ । विन्डोज १० मा भने यो सपोर्ट गर्दैन ।

धेरैलाई थाहा हुनसक्छ, एन्ड्रोइड फोन र कम्युटरका साथ डाटा पनि पठाउन सकिन्छ । यसका लागि पनि वाइफाइको प्रयोग गरिन्छ । डाटा पठाउन कुनै शुल्क लाग्दैन । वाइफाइका माध्यमबाट कम्प्युटर र मोबाइलमा एक डाटा कनेक्सन बन्छ, त्यसपछि फाइल पठाउन र रिसिभ गर्न समेत सकिन्छ । साथै आफ्नो फोनमा भएका फाइललाई ब्याकअप गरेर समेत राख्न सकिन्छ ।

सबै आईओएस डिभाइसमा लिमिटेड स्टोरेज हुन्छ । यदि तपाईंको डिभाइसमा कुनै भिडियो हेर्न चाहनुहुन्छ भने स्टोरेज समस्या बन्न सक्छ । तर, यस्तो समस्यालाई हटाउनका लागि पनि वाइफाइको मद्दत लिन सकिन्छ । एक डिभाइस हुन्छ, जसलाई एयर भिडियो एचडी भनिन्छ । उक्त एप मोबाइलमा राखेपछि मोबाइलमा भएका भिडियो पनि मोबाइलमा मजासँग हेर्न सकिन्छ । तर यसका लागि भने दुवैतिर वाइफाइ र सफ्टवेयरको आवश्यकता पर्छ ।

त्यस्तै वाइफाइकै माध्यमबाट प्रयोग गर्न मिल्ने अर्को एप हो, प्लेक्स । यो मिडिया प्लेयर एप हो । यसले पनि कम्प्युटरमा भएका तस्वीर मोबाइलमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?