काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ तीन मात्र र बिक्रीदर १३० रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६२ पैसा र बिक्रीदर ९१ रुपैयाँ सात पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ चार पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ एक पैसा र बिक्रीदर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया