२०५ औँ भानुजयन्ती : मोडर्न कन्यामा गुञ्जिए कविहरु …. (फोटो फिचर)

आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती समारोह विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौंको पुरानो बानेश्वरस्थित भिमसेनगोलामा रहेको मोडर्न कन्या मल्टिपल कलेजमा पनि विभिन्न क्षेत्रमा क्रियाशील साहित्यकार तथा कविहरु गुन्जिए । 

वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार शैलेन्द्र साकार, प्राध्यापक डाक्टर रामप्रसाद दाहाल, रामप्रसाद पन्त, ठाकुर शर्मा, रमेशकुमार भट्टराई, सविन पोख्रेल, ज्ञानेन्द्र भट्टराई, मधुसुदन लामिछाने, सुवास पाण्डे, ध्रुव सापकोटा, सुवसेन ओली, कृष्ण अधिकारी, सुदर्शन सिग्देल, प्रेरणा तिमल्सिना, सुष्मा पोख्रेल, नायिका सुरक्षा पन्त, सगरमाथा आरोही पुर्णिमा श्रेष्ठ लगायतका व्यक्तित्वले भानुको योगदानको चर्चा गर्दै पद्य र गद्य शैलीको कविता सुनाए । 

रिसाल थप्छन्, ‘जुरेलीले टाउको हल्लाएको जस्ता कुराहरु युवाका कवितामा भेटिँदैनन् तर लालिगुँरासका रंगहरु उनीहरुले भुलेका छैनन् ।’ 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले आजभोलि स–साना बालबालिकादेखि यौवनासम्म आफ्ना भावनालाई कविताका माध्यमबाट पोख्न पोख्त भएकोप्रति खुसी व्यक्त गरे ।

उनले भने, ‘युवाहरुले आफ्ना कुण्ठित भावनालाई कविताबाट पोखेको देख्दा खुसी लाग्छ ।’ रिसाल थप्छन्, ‘जुरेलीले टाउको हल्लाएको जस्ता कुराहरु युवाका कवितामा भेटिँदैनन् तर लालिगुँरासका रंगहरु उनीहरुले भुलेका छैनन् ।’ 

नायिका सुरक्षा पन्त भन्छिन्, ‘कविताका भाषा पुस्तापिच्छे फरक भएतापनि कविताको मर्म भने एउटै छ ।’  

मोडर्न कन्या मल्टिपल कलेजले हरेक वर्ष भानुजयन्तीको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?